Listen Live: 

हरित विद्यालयका लागि शिक्षकहरुलाई अभिमूखिकरण

Radio Chitwan
शनिबार, भदौ १५, २०८१

रत्ननगर । चितवन रत्ननगर नगरपालिका भित्रका शिक्षकहरुलाई हरित विद्यालय तथा जलवायु परिवर्तन सम्बन्धी शिक्षकहरुलाई अभिमूखिकरण कार्यक्रम शनिबार गरिएको छ । वन्यजन्तु संरक्षण संघ नेपाल चितवन शाखाको आयोजनामा रत्नननगर नगरपालिका वडा–९ को मोहना मावि र कपरफोरी माविका ३५ जना शिक्षकलाई हरित विद्यालयका बारेमा अभिमूखिकरण गरिएकको संघमा चितवन शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । विद्यालयको शिकाई केन्द्रलाई प्रभावकारी बनाउन हरित विद्यालय तथा जलवायु परिवर्तन शिक्षक अभिमूखिकरणले उल्लेखनीय सहयोग पुग्ने पौडेलले बताए । विद्यालय स्तरबाट नै वातावरण संरक्षणको बारेमा जनचेतना जगाउन सके मात्र वातावरण संरक्षण हुनेमा उनले जोड दिएका छन् । उक्त अभिमूखिकरणमा वन्यजन्तु संरक्षण संघ नेपालका बरिष्ठ कार्यक्रम अधिकृत वृन्दा देवान, सुभासचन्द्र खरेल, करुणा देवकोटाले सहभागी शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरुले सहभागी शिक्षकहरुलाई विद्यार्थीको चहाना र भावना अनुसार शिकाईलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर ९का वडाध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन चितवन शाखा प्रमुख पौडेलले गर्ने भएको थियो । नेपालमा सन २००२ मा स्थापना भएको संस्थाको चितवन शाखा भने सन २००६ देखि वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएको शाखा प्रमुख पौडेलले बताए । संघले हाल रत्ननगर नगरपालिकामा हरित विद्यालयका बारेमा परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गरिरहेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram