चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
झुवानीमा वक्तृत्वकला प्रतियोगिता स् पञ्चकन्या माविकी स्मृति पाण्डे प्रथम
चितवन । १७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रत्ननगर नगरपालिका वडा नम्बर ५ झुवानीमा रहेको झुवानी सामुदायिक पुस्तकालयको आयोजना र रत्ननगर नगरपालिका वडा नं ५ र रत्ननगर नगरपालिकाको समन्वयमा विहिबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
निरन्तर शिक्षाको लागि पुस्तकालय” भन्ने नाराका साथ मनाइएको १७औं राष्ट्रिय पुस्तकालय दिवशको अवसरमा पारेर झुवानी सामुदायिक पुस्तकालयले “समुन्नत समाज निर्माणका लागि सामुदायिक पुस्तकालयको भुमिका” भन्ने बिषयमा रत्ननगर अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
रत्ननगर नगरपालिका भित्रका १२ विद्यालयका २४ बिधार्थीहरुको सहभागी मध्य प्रतियोगितामा पञ्चकन्या माविकी स्मृति पाण्डे प्रथम, स्काइराइडर आवासीय माविकी सनजिना सुवेदी द्वितिय, ग्रीन सोसाइटी पब्लिक स्कुलकी प्रशंसा पाण्डे तृतीय ,माधवपुर माविका सुजन सिमखडा र झुवानी मावीका रेगन पुलामी मगरले सान्तवना भएका छन । प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुनेलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा आयोजित वक्तृत्वकला प्रतियोगितामा बिरिष्ठ साहित्यकार धनराज गिरी ,हिरा अर्याल अधिकारी, अम्विका खतिवडाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । भने कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव विजय चौधरीले गर्नु भएको थियो ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]