Listen Live: 

रत्ननगरमा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको जिल्ला स्तरीय तीज गीत प्रतियोगिता हुने

Radio Chitwan
बिहिबार, भदौ १३, २०८१

रत्ननगर । हरितालिका तिजकाे अबसरका यही भदाैं १५ गते रत्ननगरमा तिज गीत प्रतियाेगिता हुने भएकाे छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको आयोजनामा साैराहाचाेक स्थित हाेटल गंगाेत्री हाइबेमा प्रथम हरितालिका तीज गीत प्रतियोगिता हुने भएकाे हाे । तीजकाे माैलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियाेगितात्मक तिज गीत प्रतियाेगिता आयाेजना गरिएकाे समितिका द्धितीय उपाध्यक्ष इश्वरराज अधिकारीले जानकारी दिए । “प्रवास र प्रवासीको भावनासँग केन्द्रित ” शिर्षकमा तीज गीत प्रतियोगिता आयाेजना गरिएकाे उनले जानकारी दिए । देश तथा विदेशमा छरिएर रहेका चितवनका दिदिबहिनीलाई मध्यनजर गर्दे उनीहरुमा भएको प्रतिभाको खोजी गर्ने, कला तथा संस्कृतिका जगेर्ना गर्ने र चितवन जिल्लाभरीका नारीहरुलाई एकआपसमा भेटघाट तथा परिचयात्मक कार्य गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष दिपक गौतम जानकारी दिए । प्रतियाेगितामा चितवन जिल्लाका १६ प्रतिष्पर्धि समुह सहभागीको प्रतिष्पर्धा हुनेछ । उत्कृष्ट चार प्रतिष्पर्धी समुहहरू प्रथम, द्धितीय, तृतिय र सान्त्वनालाई क्रमश ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने आर्थिक समितिका संयाेजक समेत रहेका समितिका बरिष्ठ उपाध्यक्ष लाल भटट्ले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, सरिता गुरुङ तथा गायक नेत्र जी पन्तको प्रस्तुति पनि रहने छ । कार्यक्रममा सहभागी महिलाहरुलाई दर खुवाईने छ । मुख्य प्रायोजक सेन्ट्रल कलेज रहेको साे प्रतियाेगितमा प्रथम पुरस्कार दुरदृष्टि डिजिटल प्रा.लि. अमेरिका निवासी रामहरि गैरेले दाेस्राे पुरस्कार, हिमाल हाउजिङ्ङ्ग एण्ड के.वि प्रिफ्यावले तेस्राे र मणिरत्न सुनचाँदी पसलले सान्त्वना पुरस्कार साैजन्य गरेका छन् । सोफा हफ लंकु, नारायणी सामुदायिक हस्पिटल, श्रीकृष्ण सुन चाँदी पसल, लोकमान एण्ड सन्स सुन चाँदी पसल, नेपाल अष्ट्रेलियन अभिभावक संघ, मुक्तिराम खरेल, क्षेत्र प्रसाद देवकोटा, ग्लोबल गेट वे, बालाजी ट्रेडर्स रत्ननगर,चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ, अमृत मिश्र, मुन स्टार फुड्स प्रोडक्सन लगायतका संघसंस्थाहरुले प्रतियाेगितालाई सहयाेग गरेका छन् । प्रतियाेगिताकाे रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गर्ने कार्यक्रम संयाेजक नेत्र जी पन्तले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram