कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पशु बाँझोपन निदान गर्न गोठ गोठमा विशेषयज्ञ

रत्ननगर, भदौ १२ । पशु बाँझोपनको समस्या समाधान गर्न चितवनका पशु प्राविधिकले गोठमा पुगेर उपचार सुरु गरेका छन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. र पशु सेवा कार्यालय चितवनको संयुक्त आयोजनामा गाई, भैँसीमा बाँझोपनको समस्या देखिएपछि विशेषयज्ञ प्राविधिक टोली ल्याई उपचार गरिएको छ

। चितवनको रत्ननगरबाट यो अभियानको सुरुवात गरिएको भएतापनि सात वटै पालिकाहरुमा सञ्चालन हुने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. का अध्यक्ष किशोर बगालेले जानकारी दिए ।
गाई, भैँसीमा बाँझोपनको समस्या देखिएका कारण अध्ययन गरी उपचारका थप विधि पत्ता लगाउने उनले बताए । यहाँका पशुमा पोषक तत्वको अभाव, आहारामा समस्या, भिटामिनको अपुग तथा जुका र अन्य परिजिवीका कारण बाँझोपन देखिएको उनको भनाई छ ।
समस्या देखिएका सबै पशु चौपायाको भिडियो एक्सरे प्रविधिबाट चेकजाँच भएको उनले बताए । गोठमा पुगेर निःशुल्क चेकजाँच र औषधी उपचार पाउँदा कृषक हर्षित भएका छन् ।
पशुमा देखिने विभिन्न किसिमका यौनजन्य रोग र पशुको पोषणमा ध्यान नदिदा बाझोपनको समस्या हुने गरेको पशु कार्यालय चितवनका वरिष्ठ पशु विकाश अधिकृत सुशिल के.सिले बताए ।पशुहरुमा विभिन्न किसिमका यौनजन्य रोग हुनसक्छन् । यी रोगले बाझोपनको समस्या हुन्छ । यी रोगको उपचार गर्नुपर्छ’, के.सिले भने, ‘पशुलाई पोषिलो खानेकुरा पनि चाहिन्छ, पोषणमा ध्यान दिएको पाइदैन, घाँसको सिजनमा घाँसमात्र खुवाउने, परालको सिजनमा परालमात्र खुवाउने जस्ता समस्या छन्, दाना खुवाउने किसान निकै कम छन् ।’
पशु विकाश अधिकृत के.सिले उन्नत पशुमा बढी बाझोपनको समस्या देखिने भएकाले नियमित गोबर परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने बताए ।
उनले किसानको लापरवाहीले गर्दा पशुमा बाँझोपनको समस्या रहेको बताए ।
पशुलाई पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधी नपाउँदा पशुमा बाँझोपनको समस्या बढेकाले किसानले पशुपालनबारे ज्ञान लिन आवश्यक रहेको उनको सुझाव छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]