रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
राष्ट्रिय महिला बिच भलिबल उपाधिको लागि पुलिस र लुम्बिनी भिड्ने

२५ चैत्र । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । पाल्पाको रानीमहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । खेल लुम्बिनीले २१–१७ र २१–१४ ले आफ्नो पक्षमा पार्यो ।
यस्तै दोस्रो सेमिफाइनलमा नेपाल पुलिसले पनि गण्डकी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गर्यो । पुलिसले खेल २१–१९ र २१–९ ले जितेको हो । क्वाटरफाइनलमा लुम्बिनी प्रदेशले विभागीय टोली एपिएफलाई २१–१७ र २१–१३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । सुदूरपश्चिम बागमती प्रदेशलाई २१–८ र २१–७ तथा नेपाल पुलिस प्रदेश–१ माथि २१–१ र २१–६ को सोझो सेटको जित हात पार्दै सेमिफाइनल पुगेका थिए ।
गण्डकीले कर्णाली प्रदेशलाई २१–१२,२१–२३ र १५–८ को सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको थियो । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा बिहिबारबाट सुरु भएको तीन दिने प्रतियोगितामा ९ टोली सहभागी थिए ।
प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]
नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित चितवन, मंसिर १७-नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित हुनु भएको छ । लेडी जेसीजको २७ औं शाखा अधिवेशनबाट श्रेष्ठ वर्ष २०२४ का […]