Listen Live: 

मुसहर बस्तीमा थप २० घरघुरीमा सुधारिएको चुलो

Radio Chitwan
आइतवार, भदौ ९, २०८१

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ७ स्थित दुई वटा मुसहर बस्तीमा थप २० घरधुरीमा आइबार सुधारिएको चुलो वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले मुसहर समुदायमा वनप्रतिको निर्भरता हटाउन र महिलाहरुको स्वास्थ्य सुरक्षाको लागि मालपुर र सिसुवार बस्तीमा सुधारिएको चुलो वितरण गरेको हो । केही समय अघि ३० घरधुरीलाई चुलो वितरण गरिएकोमा आइतबार थप २० घरधुरीलाई सुधारिएको चुलो प्रदान गरिएको हो । वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा सदस्य राजु आचार्य र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले चुलो हस्तान्तरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष महतोले सुधारिएको चुलोले महिलाहरुको स्वास्थ्यमा पर्ने प्रतिकुल असर कम हुने विश्वास व्यक्त गरे । धुँवाबाट लाग्ने रोगले मुसहर महिलाहरु ग्रसित हुने गरेको भन्दै उनले सुधारिएको चुलो प्रयोग गर्दा धुवा कम आउने महिलाहरु रोगको सिकार हुनुनपर्ने बताए । उनले मुसहर समुदायको जीवन स्तर उकास्न प्रर्वधनात्मक तथा सीपमुलक कार्यक्रमलाई जोड दिएको उनको भनाई छ । इम्प्याक्टका अध्यक्ष गिरीले समुहर समुदायको स्वास्थ्य जोगाउन सुधारिएको चुलो वितरण तथा प्रयोगमा जोड दिएको भन्दै दाउरा लिन जंगल जादा हुने जोखिम घटाउन, स्वास्थ्य जोगाउन र वनप्रतिको निर्भरता हटाउन सुधारिएको चुलो वितरण गरिएको बताए । मुसहर समुदायको जीवन स्तर उकास्न सामुहिक तरकारी खेती, साबुन उत्पादनमा महिलालाई रोजगारी तथा सुधारिएको चुलो निर्माणमा समेत मुसहर समुदायलाई रोजगारी प्रदान गरिएको उनले बताए । ग्यास खरिद गर्न नसक्ने अबस्था रहेका समुदायलाई चुलो वितरणको लागि उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको बताए । सपनाका घरहरु परियोजना अन्तर्गत चितवन जिल्लामा विपन्न समुदायका लागि ४५ वटा घर निर्माण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram