कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आज भएका दुईवटा बस दुर्घटनाका घाइतेहरूको उचित उपचार प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
कांग्रेस वर्तमान सत्ता गठजोडको प्रमुख घटक हो । दुर्घटनापश्चात् उद्दार र उपचारमा भूमिका खेल्नुपर्ने गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल कांग्रेसकै नेताहरू हुन् ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा जारी केन्द्रीय कार्यसमिति बैठकले बस दुर्घटनाबारे एक बूँदे निर्णय गरेको हो । कांग्रेसले दुर्घटनामा यात्रुहरूले ज्यान गुमाएका र घाइते भएका संवेदनशील घटनाले स्तब्ध बनाएको जनाएको छ ।
पोखराबाट काठमाडौंतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बर प्लेटको बस तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहराबाट मर्स्याङ्दी नदीमा ४३ मध्ये २७ यात्रुको मृत्यु र १६ जना गम्भीर घाइते भएका छन् ।
आजै रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९, सत्रकिलोमा माथिबाट खसेको ढुङ्गा लागेर अनियन्त्रित भई पल्टिँदा २५ जना घाइते भएका छन् ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘उक्त दुबै घटनाका घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । तनहुँ दुर्घटनामा परी मृत्युवरण गर्नु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ । साथै, उक्त दुबै घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’
साउन २३ गतेदेखि शुरू कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ११ प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ । आगामी बैठक भदौ १२ गते बुधबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पौडेलले जानकारी दिएका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]