Listen Live: 

संस्थागत क्षमता मुल्याङकन : रत्ननगर देशभरमै तेस्रो, प्रदेशमा दोस्रो

Radio Chitwan
बिहिबार, भदौ ६, २०८१

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका स्थानीय सरकार संस्थागत क्षमता मुल्याङकनमा देशभरमै तेस्रो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷८० को नतिजा अनुसार रत्ननगर नगरपालिका देशभरका नगरपालिका मध्ये तेस्रो र बागमती प्रदेशमा दोस्रो भएको हो । मन्त्रालयले गरेको मुल्याङकनमा ९१ दशमलब ५० अंक प्राप्त गरी तेस्रो हुँदै रत्ननगर नगरपालिका सम्मानित तथा पुरस्कृत भएको छ । देशभरका नगरपालिका मध्ये संस्थागत क्षमता मुल्याङकनमा धादिङको निलकण्ठ नगरपालिका ९२ दशमलब ५० अंक प्राप्त गरी पहिलो र रुपन्देहीको तिलोतमा नगरपालिका ९२ अंक प्राप्त गरी दोस्रो भएको छ । बागमती प्रदेशमा उल्लेखित अंक प्राप्त गरी धादिङको निलकण्ठ नगरपालिका प्रमथ, रत्ननगर नगरपालिका दोस्रो र खैरहनी नगरपालिका ९७ अंक प्राप्त गरी तेस्रो भएको छ । काठमाडौंमा विहीबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मन्त्रालयका सचिव भरतमणि सुवेदीले रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको प्रमुख आथिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । मन्त्रालयले शासकीय सुधारमा अग्रसर गराउन स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी नतिजा सार्वजनिक गरेको हो । सम्मानित भएपछि मेयर सापकोटाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मुल्याङ्कनले आफुलाई उत्साहित बनाएको बताए । नगर र नगरबासीको हितमा काम गर्ने थप हौसला प्रदान भएको छ उनले भने नगरको पूर्वाधान विकास, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका छौं । मेयर सापकोटाले स्थानीय सरकारले नगरबासीको आवश्यकता पहिचान गरेर काम गर्नुपर्ने जिम्मेबारीलाई आत्मसाथ गरेर गरेको कामले सफलता मिलेको बताए । नगरपालिकाको कार्यसम्पादन, विकास निर्माण र नगरबासीलाई हित हुने गरी कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको बताए । मेयर सापकोटाले कार्यभार सम्हालेपछि मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको विकासको लागि नमुना सडक निर्माण, टिकौलीमा हरियाली पार्क निर्माण भइरहेको छ । कृषि र पशुपालन मार्फत किसानहरुको जीवन स्तर उकास्न अनुदान र उपकरण सहयोग गर्दै आएको सो नगरपालिकाले शिक्षामा पनि लगानी बढाएको छ । नगरबासीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य विमा निःशुल्क, क्यान्सर पीडितलाई आर्थिक सहयोग, रत्ननगर अस्पतालमा उपचार कोष स्थापना गरेको सो नगरपालिकाले घरघरमा ज्येष्ठ नागरिकको उपचारलाई निरन्तरता दिएको मेयर सापकोटाले बताए । उद्यमशिलता विकासका लागि मेयर संग उद्यमशिलता कार्यक्रम अन्तर्गत विना धितो विना व्याज तीन लाख सम्म ऋण प्रदान गर्दै आएको सो नगरपालिकाले विन्नि समुदायको जीविकोपार्जनका लागि सीपमुलक तालिम प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्सालले बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram