Listen Live: 

कामना सेवा विकास बैंकलाई ‘पेवयल इन्डोर क्रिकेट’ लिगको उपाधि

Radio Chitwan
आइतवार, फाल्गुन २२, २०७८

काठमाडौँ, फागुन २२ । कामना सेवा विकास बैंकले पेवयल इन्डोर क्रिकेट लिगको उपाधि जितेको छ । ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा फागुन २१ गते सम्पन्न फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराउँदै बैंकले उक्त उपाधि जितेको हो । सो प्रतियोगितामा १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कामना बैंकले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रे बैंक १० ओभरको खेलमा जम्मा ८८ रनमा समेटिएको थियो ।
फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ कामना बैंकका रिमेश रेग्मी र ‘प्लेयर अफ द सिरिज’ कामना सेवाकै हेमन्त श्रीवास्तव चुनिए । उत्कृष्ट बलर नेपाल एसबीआई बैंकका निरज कार्की र उत्कृष्ट ब्याट्स मेन माछापुच्छ्रे बैंकका निशेष के.सी. भएका थिए । कर्मचारीहरुलाई नियमित कामको अतिरिक्त खेलकुद लगायत रचनात्मक कार्यहरुमा सहभागी गराउँदै आएको कामना बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए । 

आन्य समाचारहरु:-
December 19, 2024
एनपीएल दोस्रो क्वालिफायर : आज जनकपुर र कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका […]

December 7, 2024
रत्ननगरमा महिला फुटबल प्रतियोगिता सुरु

रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

November 21, 2024
रत्ननगरमा तेस्रो मेयर कप प्रतियोगिता

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]

July 6, 2024
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram