कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नारी जागरण केन्द्रद्वारा बालबालिकालाई लत्ता कपडा र स्टेशनरी सहयोग

रत्ननगर । कालिका नगरपालिका वडा नं ५ स्थित विकासशिल सुकुमबासी बस्तीका वालावलिकाहरुको लागि स्टेशनरी र लत्ता कपडा वितरण गरिएको छ । नारी जागरण केन्द्र रत्ननगरले बस्तीका १८ घरधुरीका वालबवालिकाको शिक्षाको लागि स्टेशनरी र लत्ताकपडा सहयोग गरेको हो । बस्तीमै आयोजित एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष दीपकबहादुर भट्टराई र केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले बालबालिकालाई स्टेशनरी र लत्ता कपडा हस्तान्तरण गरेका थिए । बालवालिकाको लागि लत्ता कपडा फोरसिजन गार्मेन्टले उपलब्ध गराएको थियो । स्टेशनरी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष भट्टराईले सुकुमबासी समुदाय र बस्तीको विकासका लागि निरन्तर प्रयास गरिरहेको भन्दै मेयर आवास कार्यक्रम मार्फत काम गर्ने योजना रहेको बताए । केन्द्रकी अध्यक्ष सुवेदीले महिलाहरुको जीविकोपार्जन र क्षमता विकासको काम गरिरहेको केन्द्रले सुकुमबासी बस्तीमा समस्या रहेको जानकारी पाएपछि सहयोग गरिएको बताइन् । स्थानीय सरकारले सुकुमबासी बस्तीको विकासको लागि योजना बनाएर काम गर्न आवश्यक रहेको भन्दै उनले आफ्नो विकासको लागि समुदाय पनि चनाखो हुनुपर्नेमा जोड दिइन् । केन्द्रकी निर्वतमान अध्यक्ष सपना बोहराले केन्द्रले पहिलो पटक गरेको सहयोग सामान्य रहेको भन्दै आगामी दिनमा समस्या पहिचान गरी थप सहयोग गर्ने प्रतिबद्धता जनाइन् । केन्द्रकी महासचिव सरस्वती लामाले सञ्चालन गरेको सो कार्यक्रममा कोषाध्यक्ष विभा डल्लाकोटी, सदस्यहरु निर्मला खड्का, शोभा शर्मा, लक्ष्मी तामाङको उपस्तिथि रहेको थियो । कार्यक्रम केन्द्रकी अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]