कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रेम आभास दिलाउने गीत ‘मेरो माया’ युटुव मार्फत सार्वजनिक

रत्ननगर । पत्रकार रवि रोषीको शब्द लेखन रहेको ‘मेरो माया’ नामक गीत यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गायिका मेलिना राई र गायक शिव कुमार चौधरीको स्वर रहेको सो गीत आरआर इन्टरटेन्टमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे । रत्ननगर कला मन्दिरले निर्माण गरेकाे साे गीत साेमबार पत्रकार सम्मेलन गरि बजारमा ल्याइएकाे घाेषणा गरिएकाे छ । पत्रकार राेषीले पाँच बर्ष अघि रेकर्ड गराएकाे गीत राम रिमालसंगकाे सहकार्यमा म्यूजिक भिडियाे तयार गरिएकाे बताए । बैदेशिक राेजगारी र अन्तराष्ट्रिय स्तरमा पत्रकारिता गर्ने क्रममा २०० वटा गीत आफुले लेखेकाे भन्दै उनले भिडियाे तयार गरेर पहिलाे पटक याे गीत बजारमा ल्याउन सफल भएकाे उनले बताए । प्रेम आभास दिलाउने शब्द र दमदार प्रस्तुती सहितकाे म्यूजिक भिडियाेका कारण उक्त गीतले विश्व बजारमा चर्चा पाउने पत्रकार राेषीकाे भनाई छ । वसन्त सापकोटाको संगीत र राम रिमालको निर्देशनमा तयार भएको उक्त गीत आधुनिक हाे । चितवनका रमणीय स्थानमा छायाङ्कन गरिएकाे म्यूजिक भिडियाे पूर्ण नृत्यमा आधारित रहेकाे छ । मायाप्रेममा आधारित उक्त गीत र म्यूजिक भिडियाेले नयाँ कलाकार जन्माउन प्रेरित गर्ने निर्देशक राम रिमालले बताए । गीतकाे म्यूजिक भिडियाे पृथक रहेकाे भन्दै रिमालले यसले कलाकार जन्माउने दावी गरे । म्यूजिक भिडियाेमा कलाकारहरु संजय कुमार रिमाल र सिम्रन अधिकारीले अभिनय गरेका छन् । गीत सन्देशमुलक भन्दा पनि मनाेरन्जनात्मक रहेकाे भन्दै निर्देशक रिमालले नयाँ पुस्तालाई केन्द्रीत गरेर उनीहरुले मन पराउने गरि म्यूजिक भिडियाे तयार गरेकाे बताए । म्यूजिक भिडियाेमा शुनिल रिमालले नृत्य निर्देशनकाे भूमिका रहेकाे छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]