चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
रोट्याक्ट क्लव अफ रत्ननगरको पद हस्तान्तरण
रत्ननगर । रोट्याक्ट क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम गरिएको छ । क्लवका बर्ष २०२३÷२४ का अध्यक्ष निशान दाहालले बर्ष २०२४÷२५ का अध्यक्ष नवीन केसीलाई पद हस्तान्तरण गरेका थिए । रोट्याक्ट क्लवका निर्वाचित केन्द्रीय अध्यक्ष दिनेश गैरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद हरि ढकालले नेपाली राजनीतिमा यवाहरुको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताए । अहिलेका नेताहरु मुलुक चलाउन असफल सावित भएको भन्दै उनले देशलाई सही मार्गमा लैजान युवाको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिए । कार्यक्रम रोट्याक्ट क्लवका निर्वाचित केन्द्रीय अध्यक्ष दिनेश गैरेले बर्ष २०२४÷२५ का अध्यक्ष नवीन केसीलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष केसीले क्लवका अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराएका थिए । कार्यक्रममा बर्ष २०२३÷२४ मा उत्कृष्टक काम गर्ने सात जनालाई अवार्ड तथा २२ जनालाई सम्मान गरिएको दाहालले जानकारी दिए । कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, रोट्याक्ट जोन १४ का जेडआरआर सुरज भण्डारी, रोट्याक्ट क्लवका पूर्व अध्यक्ष डा.निकेश खनाल, असिस्टेन डिष्टिक रोट्याक्ट रिप्रिजेन्टेटीभ गोविन्द पराजुली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको महिलो सत्र बर्ष २०२३÷२४ का अध्यक्ष निशान दाहाल र दोस्रो सत्र २०२४÷२५ का अध्यक्ष नवीन केसीको अध्यक्षतामा भएको थियो । क्लवका सचिव सिजन न्यौपानेले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष प्रविण बानियाले स्वागत मन्तव्य राखेका थिए ।
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]