चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
युवा संजालले मर्मत गरिदियो निशाको घर
चितवन, भदाै २। कालिका नगरपालिका वडा नम्बर ५ स्थित विकासशिल टोलका १२ वर्षिया बालिका निशा परियारको घर अत्यन्तै नाजुक अवस्थामा रहेकोले युवा संजाल कालिकाको नेतृत्व तथा स्थानिय स्वयमसेवकहरूको अग्रसरतामा बस्नयोग्य बाँसको घर निर्माण गरिएको छ ।करिव ३० जना स्वयमसेवक र स्थानिय समुदायवासीको सहयोगमा सो घर निर्माण सम्पन्न भएको हो । आमा बुवा र ५ जना दिदीबहिनीको उनको परिवार खानसम्म जेनतेन टार्दै आएको अवस्थामा उनिहरूको घर अत्यन्तै दयनिय अवस्थामा रहेकोले युवा संजालले स्थानिय संस्था लुमन्तीसंग बाँस खरिद गर्नको लागि आर्थिक सहयोग लिएर सो घरको मर्मतको कार्य सम्पन्न गरेको संजालकि अध्यक्ष वविता परियारले बताईन् ।
कालिका नगरपालिकाभित्रका विभिन्न समुदायका युवाहरूको सक्रियतामा गठन भएको युवा संजालले यसअघि जलवायु परिवर्तनसम्बन्धि अन्तर बाल समुहस्तरिय वक्तृत्वकला प्रतियोगिता, ८ वटा समुदायहरूमा डेंगु उन्मुलनका लागि सरसफाई अभियान सम्पन्न गरिसकेको संस्थाका कोषाध्यक्ष अजिब गोलेले बताए ।
समुदाय विकासका यस्ता कामहरू र विपन्नहरूको आवास निर्माणका कार्यहरूलाई स्थानिय तह र विभिन्न संस्थाहरूको सहकार्यमा आगामी दिनमा झन प्रभावकारी ढंगले अगाडि बढाउने संजालले जनाएको छ ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]