कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मुसहर बस्तीमा खानेपानीको धारा उद्घाटन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ सिसुवार स्थित रोटरी नमुना मुसहर बस्तीमा निःशुल्क धारा जडान गरिएको छ । आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट बन्चित २४ घरघुरीलाई खानेपानीको मिटर सहित धारा जडान गरिएको हो । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ५० प्रतिशत, वडा कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र रत्ननगर नगरपालिकाको सामग्री सहयोगमा धारा जडान गरिएको बाघमारा वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक, वडाध्यक्ष सजना महतोले सयुक्त रुपमा मुसहर बस्तीमा जडान गरिएको खानेपानीको धारा उद्घाटन गरेका हुन् । कार्यक्रममा रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले पैसा नभएर खानेपानी जडान गर्न नसक्ने समुदायलाई संस्थाले ५० प्रतिशत सम्म अनुदान दिंदै आएको बताए । स्थानीय सरकार, सामुदायिक वनसंग सहकार्य गरी विपन्न समुदायलाई सतप्रतिशत अनुदानमा समेत धारा जडान गरिएको र यसरी धारा जडान गरेका घरधुरीको संख्या करिब ४०० पुगेको बताए । कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले विपन्न समुदायलाई स्वाच्छ खानेपानी लागि स्थानीय सरकारले लगानी गर्न तयार रहेको बताए । नगरबासीको आधारभूत आवश्यकता पुरा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै नागरिकको न्यूनतम आवश्यकता पुरा गरेपछि मात्र विकासको कामले प्राथमिकता पाउने बताए । उपमेयर पाठकले ७० प्रतिशत रोग दुषित खानेपानीको कारण लाग्ने भएकाले नगरबासीको स्वास्थ्यप्रति नगरपालिका चनाखो रहेको बताए । उनले जीविकोपार्जनलाई सहज बनाउन मुसहर समुदाय आयआर्जनसंग जोडिनु पर्ने बताए । वडाध्यक्ष महतोले सीमान्तकृत मुसहर समुदायको न्यूनतम आवश्यकता पुरा गर्न वडाकार्यालय प्रतिबद्ध रहदा रहदै मुसहर समुदाय जीवनस्तर उकास्ने तर्फ अग्रसर नभएको बताए । रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गैंडाकोट सहित चितवनका ६ वटा रोटरी क्लव हस्तबहादुर प्रतिष्ठान र संसद विकास कोषको लगानीमा २७ घरपरिवार मुसहरहरुलाई घर निर्माण गरिएको जानकारी दिए । बाघमारा वनका अध्यक्ष तामाङले मुसवहर समुदायको विकासको लागि सामुदायिक वनले बालकक्षा, सुधारिएको चुलो, बस्तीमा मोज्याक टायल, विद्युतको लागि मिटर बक्स जडान गरेको जानकारी दिए । खानेपानीका अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुर्यबहादुर तामाङले मुसहर समुदायको विकासमा वडा कार्यालयले गरेको कामका बारेमा जानकारी गराएका थिए ।




चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]