Listen Live: 

शैक्षिक सुधारका लागि प्रधानाध्यापक र पर्यटन व्यवसायीहरु बिच अन्तरकृया

Radio Chitwan
बुधबार, साउन ३०, २०८१

रत्ननगर

बछाैली माध्यमिक विधालय बछाैलीले प्राविधिक धारतर्फ शैक्षिक सुधारका लागि नगर भित्रका प्रधानाध्यापक र पर्यटन व्यवसायीहरु बिच अन्तरकृया गरेकाे छ ।

मंगलबार अायाेजित अन्तरकृया प्रावधिक धारतर्फकाे शिक्षामा  देखिएका समस्या र समाधानकाे बिषयमा सहभागिहरु विच छलफल भएकाे थियाे । सहभागी अधिकाश शिक्षक एव पर्यटन व्यवसायीले व्यवहारीक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुने कुरामा जाेड दिएका थिए ।

रत्ननगरमा सञ्चालित प्राविधिक धारतर्फ कक्षा सञ्चालनमै समस्या भैरहेकाे  प्रधानाध्यापकहरुले  बताए । जनप्रतिनिधि र शिक्षकले अाफ्नै बालबच्चालाई  सरकारी  स्कुलमा भर्ना गर्नु पर्ने बताए ।

त्यस्तै सहभागी प्रधानाध्यापकहरुले प्राविधिक शिक्षा सञ्चालन गरेका नगरका सवै विधालयलाई हेर्ने दृष्टिकोण सम्मान हुनु पर्ने वताएका छन्। वाहिरबाट बिधार्थी ल्याएर प्राविधिक शिक्षा कति समय सञ्चालन गर्ने भन्ने अवस्थामा पुगेकाे समेत बताए । स्थानिय स्थरमा प्राविधिक शिक्षाकाे बारेमा बुझाउन नसके केही बर्षमा प्राविधिक शिक्षा तर्फ सवै बन्द हुने अवस्थामा पुग्ने सहभागिहरुले बताए ।

बछाैली माविकाे शैक्षिक बिकासमा याेगदान पुराएकाे भन्दै बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष जित बहादुर तमाङलाई सम्मान समेत गरिएकाे थियाे ।

साैराहाका पर्यटन व्यवसायीहरुले बछाैलीमाविमा सञ्चालन भएकाे हाेटल म्यानेजमेन्टमा बिधार्थीलाई अबसर नै अबसर रहेकाेले निधक्क भए भर्ना हुन र पढ्न अाग्रह गरेका छन् । प्रशिक्षार्थीकाे रुपमा अधिकास बिधार्थी साैराहा क्षेत्रका हाेटलमा काम गरिरहेकाे र अनुसासित समेत रहेकाले विश्व वजारमा राम्राे सम्भावना रहेकाे उनिहरुले बताए ।

उक्त अन्तरकृयामा रत्ननगर नगरपालिकाका सामाजिका विकास समिति संयाेजक एबं वडा नं.५ का अध्यक्ष बालकृष्ण चापागाई, वडा नम्बर ६ का वडाध्यक्ष किरण महताे ,  वडा नं.७ का कार्यवाहक अध्यक्ष सुर्यमान तमाङ,

शिक्षा अधिकृत सुमन सिल्वाल, , महिला बालबालिका  तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा घिमिरे  , याेजना शाखा प्रमुख रमेश ताम्राकार , ईन्स्याेर प्रतिनिधि कार्यक्रम संयाजक चक्रपाणि तिमल्सिना ,क्षेत्रीय हाेटल संघ साैराहाका अध्यक्ष गंगा गिरि लगायत ६० जनाहरु सहभागरि रहेकाे थियाे ।

उक्त अन्तरक्रिया कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालकाे अध्यक्षतामा भएकाे थियाे । भने  निमित्त प्रधानाध्यापक अात्मराम शर्माले स्वागत मनतव्य राख्नु भएकाे थियाे ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram