Listen Live: 

उद्यमशिल महिला समुहले मनायो स्थापना दिवस

Radio Chitwan
मङ्लबार, साउन २९, २०८१

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित नगर स्तरीय उद्यमशिल महिला समुहले मंगलबार सातौं स्थापना दिवस मनाएको छ । २०६७ सालमा स्थापना भएको सो समुहले महिलाहरुलाई उद्यमी बनाउन गरेको कामको समीक्षा गर्दै स्थापना दिवस मनाएको हो । महिलाहरुलाई उत्पादनसंग जोडर जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको सो समुहले स्थानीय सरकारसंग मिलेर महिलाहरुलाई सीपमुलक तालिम सञ्चालन गरेको हो । महिलाहरुको नेतृत्व विकास र आयआर्जनमा जोड दिएको सो समुहले रत्ननगरमा सामुहिक खेती र उत्पादनलाई जोड दिएको उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडाले जानकारी दिइन् । आयआर्जनको लागि महिलाहरुलाई उनीको घागो काट्ने तालिम, चुरापोते, मखमलको जुत्ता, च्याउ खेती, बेसार खेती, अगरबत्ती बनाउने,गुद्रुक र मस्यौरा, हेण्डीग्राफ गरी २५२ जना महिलालाई उद्यमशिलता विकास र १६३ जना महिलाहरुलाई नेतृत्व विकासका लागि उद्घोषण तालिम दिइएको अध्यक्ष सिंखडाले जानकारी दिइन् । सीपमुलक विकास तालिम दिएका अधिकाँस महिलाहरु उत्पादनसंग जोडिएको भन्दै उनले २५ कठ्ठामा सामुहिक बेसार खेती र ४ विघामा सयपत्री फुल खेती सुरु गरिएको जानकारी दिइन् । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको सातौं स्थापना दिवस कार्यक्रममा महिलाहरुको जीवन स्तर उकास्न समुहले गरेको कामको प्रशंसा गरिएको थियो । स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले सामुहिक खेती गर्ने महिलालाई ८० प्रतिशत सम्म अनुदान दिने घोषणा गरे । सामुहिक तरकारी खेती गर्न सुझाब दिंदै उनले ५० देखि ६० लाख सम्मको घरेलु उद्योग सञ्चालन गरे त्यसमा नगरपालिकाले नगानी गरिदिने बताए । रत्ननगर नगरपालिकाका उपमेयर यादबप्रसाद पाठकले उद्यमशिताको लागि लगानीसंगै आत्मविश्वास आवश्यक रहेको भन्दै आफुले सीकेको सीप र लगानीप्रति जिम्मेवार बन्न आग्रह गरे । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रबक्ता तथा वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, महिला विकास अधिकृत दीपा मानब अधिकारकर्मी ज्वालापुरी वन, समाजकल्याण परिषद्की पूर्व बोर्ड सदस्इ लक्ष्मी कोइराला पोखरेल, मेलमिलाप केन्द्र रत्ननगरकी कोषाध्यक्ष अनिता अर्याल, नगर स्तरीय एकल महिला समन्वय समितिकी अध्यक्ष गीता देवकोटा, महिला सुरक्षा दबाद समुह चितवनकी सचिव निता ढकाल, उद्यमशिल महिला समुह वडा नं ९ की संयोजक विष्णु शर्मा, वडा नं १३ की सदस्य कल्पना पण्डित लगायतले मन्तव्य राखेका थिए । उद्यमशिल महिलासमुह रत्ननगरकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक शान्ति ढकालले स्वागत मन्तव्य राखेको सो कार्यक्रम सचिव मीरा ढकालले सञ्चालन गरेकी थिइन् । अध्यक्ष सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा केक समेत काटिएको थियो । २५० जना महिला आवद्द रहेको सो संस्थाले रत्ननगरका १४ वटा वडामा वडा समिति बनाएर महिलाहरुलाई उत्पादनसंग जोडेको छ । स्थापना दिवसको दिन समुहकी सदस्य रन्जना श्रेष्ठले उद्यमशिल महिला समुहको कार्यालय सञ्चालनको लागि निःशुल्क कोठा उपलब्ध गराउने घोषणा गरेकी छन् ।

आन्य समाचारहरु:-
March 25, 2025
पुग्यो WorldLink को १० लाख ग्राहाक

१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।

February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram