कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर उवासंघमा व्यवसायीलाई नयाँ कर नीतिबारे प्रशिक्षणात्मक अन्तर्क्रिया

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा साेमबार राज्यले अबलम्बन गरेकाे नयाँ कर नीतिकाे बारेमा प्रशिक्षणात्मक अन्तर्क्रिया कार्यक्रम गरिएकाे छ । आन्तरिक राजश्व कार्यालयकाे सहयाेगमा रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना
गरेकाे साे कार्यक्रममा २०० बढी व्यवसायीकाे सहभागिता रहेकाे थियाे । साे अबसरमा संघका अध्यक्ष शंकर गिरीले राज्यकाे दाेहाेराे कर नीतिका कारण व्यवसायी मारमा परेकाे बताए । व्यवसायी कर तिर्न प्रतिबद्ध रहदा रहदै राज्यले कर माथि कर थपेर व्यवसाय धरापमा पार्न खाेजेकाे आराेप लगाए । कार्यक्रममा आर्थिक विधेक २०८१ ले संसोधन र आयकर र मूल्य अभिबृद्धि कर
(भ्याट) को बिषयमा छलफल गरिएकाे अध्यक्ष गिरीले बताए । रत्ननगर उद्योग बाणिज्य संघको सभाहलमा सोमबार गरिएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत गंगाराम अर्यालले प्रशिक्षण दिएका थिए । कर सम्बन्धी नयाँ व्यबस्थाको बारेमा व्यवसायी अन्यौलमा परेकोले त्यो अन्यौललाई चिर्नको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनका प्रमुख कर अधिकृत निरन भट्टराई, वडा नं. १० का वडा
अध्यक्ष कलाधर पौडेल, वरिष्ठ उपाध्यक्ष निराजन खनाल, रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु राजाराम रेग्मी, हरिशरण पाठक, केशवनारायण श्रेष्ठ, संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, विभिन्न वस्तुगत संघका अध्यक्ष, उद्योगी, व्यबसायीको सहभागिता रहेको थियो । संघका अध्यक्ष गिरीकाेअध्यक्षतामा भएकाे कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा कर राजश्व समितिका संयोजक नवराज तिमिल्सिनाले धन्यवाद मन्तव्य
राखेका थिए ।







चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]