कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
राप्तीमा आइतबारदेखि राजश्व संकलन, भदौँ १६ गते नगरसभा

रत्ननगर । पूर्वी चितवनको राप्ती नगरपालिकामा आइतबारबाट राजश्व संकलन सुरु
हुने भएको छ । शुक्रबार सम्पन्न २३ औं कार्यपालिका बैठकले आर्थिक बर्ष
२०८०÷८१ को आर्थिक ऐनमा टेकेर राजश्व संकलन गर्ने र त्यसको नगरसभाबाट
अनुमोदन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले
जानकारी दिए । नगरसभा हुन नसक्दा साउन एक गतेबाट सो नगरपालिकामा राजश्व
संकलनको काम रोकिएको थियो । २०८०÷८१ को आर्थिक ऐनमा टेकेर पुरानै दररेटमा
आइतबारदेखि राजश्व संकलन गर्ने निर्णय भएको उनले बताए । १० महिनापछि बसेको
कार्यपालिका बैठकले भदौं १६ गते नगरसभा गर्ने निर्णय गरेको छ । बैठकले
विनियोजा विधेयक अर्को कार्यपालिका बैठकमा छलफल गर्ने, आर्थिक विधेयक २०८१
स्वीकृतका लागि नगरसभामा पेश गर्ने, लेखा समिति र न्यायिक समितिको
प्रतिबेदन नगरसभामा पेश गर्ने निर्णय भएको मेयर शमशेर लामाले जानकारी दिए ।
कार्यपालिका बैठकले वडागत बजेटको सिलिङ तोकेको छ । वडा नं १, ६, ८, १०,
११, १२ र १३ लाई एक करोड ८५ लाख र अन्य ६ वटा वडालाई एक करोड ८० लाख
नगरसभाबाट विनियोजना गर्ने गरी बजेटको सिलिङ तोकिएको उनले जानकारी दिए ।
एमाले र कांग्रेसका जनप्रतिनिधिले कार्यालिका बैठक र नगर सभाको माग गर्दै
फागुन ९ गते मेयर शमशेर लामा र उपमेयर देवेन्द्र लामाको कार्यकक्षमा लगाएको
ताला साउन २३ गते खुलेको थियो । नेपाली कांग्रेस, नेकपा एमाले र समाजबादी
बीच आन्दोलन पक्षले ताला खोल्ने र मेयरले कार्यपालिका बैठकको मिति तोक्ने
सहमति भएको थियो । उक्त सहमतिको आधारका मेयरले शुक्रबारलाई कार्यपालिका
बैठक बोलाएका थिए । नगर सभा र कार्यपालिका बैठकको माग गर्दे यहाँका
जनप्रतिनिधिहरुले उच्च अदालतसम्म मुद्दा दायर गरेका थिए । बहुमत
जनप्रतिनिधिले हालेको मुद्दाको छिनोफानो भने भइसकेको छैन । कार्यपालिका
बैठक नराखेको, नगरसभा नगरेको, मनोमानीरुपमा नगरपालिका सञ्चालन गरेकोलगायत
विषय उठाएर उच्च अदालतमा मुद्दा दायर भएको हो । अदालतको फैसला आउनुअघि नै
यहाँका राजनीतिक दलहरुको छलफलले विवाद समाधान खोजिएको हो । स्थानीय सरकार
सञ्चालन ऐनमा कार्यपालिका बैठक महिनामा कम्तीमा एकपटक बस्नुपर्ने र ६÷६
महिनाको फरकमा बजेट अधिवेशन र हिउँदे नगरसभा गर्नुपर्ने उल्लेख छ । तर,
चालू आर्थिक वर्षका लागि बजेट अधिवेशन हुन नसक्दा सेवा प्रवाह रोकिएको छ
भने कर संकलन गर्न पाइएको छैन, जसको प्रत्यक्ष मारमा नगरवासी परेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]