कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एक्सपर्टमा रक्तदान : २२५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रम २२५ युनिट रगत संकलन भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१ औं बार्षिकोत्सवको अवसरमा बकुलहर स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा ३६ जजा महिला सहित २२५ जनाले रक्तदान गरेको एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रलाद सापकोटाले एक्सपर्ट गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि लगानी गर्नुपर्नेमा जोड दिए । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले एक्सपर्ट २२औं बर्ष प्रवेशको अबसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । बार्षिकोत्सव अन्तर्गत निःशुःक आँखा परीक्षण शिविर तथा देवघाटमा बृद्धबृद्धाहरुलाई साझको खाना
समेत खुवाईएको उनले जानकारी दिए । उनले चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए । कार्यक्रममा एक्सपर्ट टाँडी शाखा प्रमुख मीना तिमिल्सिनाले स्वागत मन्तव्य राखेकी थिइन्
।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]