Listen Live: 

राप्तीमा डुंगा सञ्चालन टेण्डर प्रक्रिया विवादमा

Radio Chitwan
बिहिबार, साउन २४, २०८१

रत्ननगर । सौराहा स्थित राप्ती नदीमा डुंगा सञ्चालनको लागि निकुञ्जले ठेक्का सम्झौताका लागि आह्वान गरेको टेण्डर प्रक्रिया विवादमा तानिएको छ । निकुञ्जले आह्वान गरेको आठ वटा ठेक्का सम्झौता मध्ये राप्ती नदीको सौराहाघाट देखि दुधौराघाट सम्मको ठेक्का सम्झौताको विषय विवादमा तानिएको हो । निकुञ्जले साउन २१ गते दिउसो १२ बजे सम्मको अन्तिम म्याद राखी निकालेको सुचनाको समयाबधिमा पेश भएका तीन वटा संस्थाले शिलबन्दी दरभाउपत्र पेश गरेका थिए । त्यो ठक्का नखोली निकुञ्जले एक दिनको म्याद थप गरी अर्को सुचना जारी भएपछि शिलबन्दी दरभाउपत्र पेश गरेको चौथो संस्थासंग ठेक्का सम्झौता गरेको बुझिएको छ । सौराहाका व्यवसायी त्रैलोक्य चित्रकार अध्यक्ष रहेका राप्ती जलयात्रा तथा जीप बुकिङ सेन्टर, सौराहा जीप तथा डुंगा बुकिङ सेन्टर र रोयर पार्क होटल प्रा.लिले मात्र दररेट पेश गरेका थिए । सुचनामा भनिएको अन्तिम म्याद साउन २१ गते १२ बजे सम्म ति मध्ये अर्को सस्थाले शिलबन्दी दररेट पेश गरेको थिएन् । साउन २१ गते दिउसो २ बजे शिलबन्दी दररेट खोल्ने भनिएको थियो अध्यक्ष चित्रकारले भने त्यो दिन शिलबन्दी खोलिएन,अर्को सुचना जारी गरेर हामीलाई पाखा लगाइयो । राप्ती जलयात्रा तथा जीप बुकिङ सेन्टरले एक दशक अघिदेखि सौराहामा आएका पर्यटकलाई डुंगा शयर गराउने सेवा प्रदान गरिरहेको छ । एकदिनको म्याद थपेर निकुञ्जले बदनियतपूर्ण तरिकाले रितपूर्वक शिलबन्दी दररेट पेशको संस्थालाई पाखा लगाएको उनको भनाई छ । अध्यक्ष चित्रकारले उक्त टेण्डरप्रक्रिया रद्द गरी पुःन प्रक्रिया सुरु गर्न निकुञ्जलाई आग्रह समेत गरेका छन् । डुंगा सञ्चालनको ठेक्क अर्को संस्थालाई परेपछि सौराहा स्थित राप्ती नदीमा डुंगा सञ्चालन समेत रोकिएको छ । डुंगा सञ्चालन नहुँदा निकुञ्ज घुम्न जाने पर्यटक समस्यामा परेका छन् । राप्ती तरेर निकुञ्ज घुम्न जाने पर्यटक डुंगा नचलेपछि समस्यामा परेको व्यवसायीहरुले बताएका छन् । निकुञ्जका सुचना अधिकारी गणेश तिवारीले सौराहामा डुंगा सञ्चालनको लागि आह्वान गरिएको ठेक्का प्रक्रिया नियमसंगत भएका बताए । असार २३ गते प्रकाशित सुचनालाई संशोधन गरी त्यसैको निरन्तरता स्वरुप साउन २२ गते अर्को सुचना प्रकाशित गरिएको भन्दै सुचना प्रकाशित भएको ३०औं दिनको १२ बजेसम्म परेको शिलबन्दीकै आधारमा ठेक्का सम्झौता भएको उनले बताए । यसमा विवाद गर्नुपर्ने कुरै छैन उनले भने निकुञ्जले कसैलाई काखा कसैलाई पाख गर्र्दैन् ।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 10, 2024
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]

September 10, 2024
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram