चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
राेटरीद्वारा मुसहर बालबालिकाकाे स्वास्थ्य परीक्षण
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ७ सिसुवारमा रहेकाे राेटरी नमुना मुसहर
बस्तीका बालबालिकाहरुकाे स्वास्थ्य परीक्षण गरिएकाे छ । राटरी क्लव अफ
रत्ननगर, स्पाउस क्लव अफ रत्ननगर, राेट्याक्ट क्लव अफ रत्ननगरले सीमान्तकृत
मुसहर बालबालिकाकाे स्वास्थ्य रक्षाकाे लागि निःशुल्क स्वास्थ्य परीक्षण
शिविर आयाेजना गरेका हुन । शिविरमा ५१ जना बालबालिकाे स्वास्थ्य परीक्षण
गरि निःशुल्क औ षधि समेत वितरण गरिएकाे राेटरी क्लव अफ रत्ननगरकी अध्यक्ष
विरन्जना सापकाेटा घिमिरेले जानकारी दिइन् । परीक्षणका क्रममा बालबालिकाहरु
कुपाेषण, छालाकाे राेग, ज्वराे, कानकाे समस्या, चिलाउने, लगायतका राेगले
ग्रसित रहेकाे र विशेषज्ञ डाक्टरहरुबाट उपचार गरिएकाे उनले जानकारी दिइन् ।
राेटरीले बालबालिकाकाे स्वास्थ्य परीक्षणसंगै तिनका अभिभावकलाई स्वास्थ्य
सचेतना समेत दिएकाे छ । मुसहर समुदायलाई स्वास्थ्यकाे महत्वबुझाउदै राेग
लाग्नबाट बच्नुकाे उपायका बारेमा सहजीकरण गरिएकाे क्लवकी अध्यक्ष
सापकाेटाले जानकारी दिइन् । राेटरीका डिस्ट्रिक गभर्नर हरिप्रसाद सुवेदी
प्रमुख अतिथि रहेकाे साे कार्यक्रमा वडा नं ७ का वडा सदस्य सुर्यबहादुर
तामाङ, स्पाउस क्लबकी अध्यक्ष राधिका तिमिल्सिना खनाल, राेट्याक्टका
अध्यक्ष नविनजंग केसी सहित राेटरी क्लवका पदाधिकारी तथा सदस्यहरु,
पूर्वअध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे । क्लवकी अध्यक्ष सापकाेटाकाे
अध्यक्षतामा कार्यक्रम भएकाे थियाे । राेटरी क्वल अफ रत्ननगरले यस अघि
जिल्ला काराघारका कैदीबन्दीकाे स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना
कार्यक्रम गरेकाे थियाे । सामाजिक क्षेत्रमा क्रियाशिल साे संस्थाले
सिसुवारका सीमान्तकृत मुसहर समुदायका लागि आवास निर्माण गरेकाे क्वलका
पूर्व अध्यक्ष विपिन पाेखरेलले जानकारी दिए ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]