Listen Live: 

पूर्वी चितवनको विकासका लागि निजी क्षेत्रको समन्वय समिति गठन

Radio Chitwan
बुधबार, साउन २३, २०८१

रत्ननगर । पूर्वी चितवनको विकासको लागि निजीक्षेत्रबाट समन्वय समिति गठन गरिएको छ । पूर्वी चितवनको आर्थिक तथा सामाजिक विकासको लागि गुरुयोजना निर्माण तथा तीन तहको सरकारसंग पहल गर्न गरी पूर्वी चितवन उद्योग वाणिज्य तथा पर्यटन व्यवसायी समन्वय समिति गठन गरिएको हो । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीको नेतृत्वमा समन्वय समिति गठन गरिएको हो । समितिको सह संयोजकमा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनाल र क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, सदस्य सचिवमा उद्योग संघ रत्ननगरका अध्यक्ष उमाकान्त पौडेल, सदस्यहरु राप्ती उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष ओम डल्लाकोटी, रेष्टुरेण्ट एण्ड बार एसोसियसनका अध्यक्ष धु्रव गिरी, साना पर्यटन व्यवसायी समितिका अध्यक्ष छुना रेग्मी, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद भण्डारी, उद्योग संघ खैरहनीका अध्यक्ष युवराज पाठक, उद्योग संघ राप्तीका अध्यक्ष खिलराज घिमिरे र उद्योग संघ कालिकाका अध्यक्ष अन्तोष बम्जन रहेका छन् । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष तथा समन्वय समितिका अध्यक्ष गिरीले व्यवसायी विकास, सुरक्षा र पर्यटन मार्फट पूर्वी चितवनको आर्थिक विकास गर्ने गरी व्यवसायीहरु एकठाउँमा उभिएको बताए । भेलामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले पूर्वी चितवनका चार पालिकाका बासिन्दाहरुले अनुभूति गर्ने गरी निजीक्षेत्रले विकासमा योगदान गर्ने बेला आएको बताए । भेलामा पूर्वी चितवनको र्आिर्थक तथा पर्यटकीय संम्भावना र चुनौतीका बारेमा छलफल गरिएको थियो । पूर्वी चितवनमा रहेका पर्यटकीय स्थलहरुको पहिचान र प्रवद्र्धन, धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन र उद्योग व्यवसायीहरुको साझा एजेण्डा तथा स्थानीय सरकारबाट लिइएको व्यवसाय कर, व्यवसायीक पहिचान वोर्ड कर, विद्युतको समस्या, पर्यटन क्षेत्रमा आएका समस्याहरुको बारेमा छलफल गरी सामधानका उपायहरुको खोजी समेत गरिएको संघका अध्यक्ष गिरीले बताए । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारी, राप्ती उद्योग वाणिज्य संघका का.वा.अध्यक्ष सहित पदाधिकारी, उद्योग संघ रत्ननगर समितिका अध्यक्ष सहित पदाधिकारी, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सहित पदाधिकारी, रेष्टुरेण्ट एण्ड बार एसोसियसनका अध्याक्ष सहित पदाधिकारी, साना पर्यटन व्यवसायी समितिका अध्यक्ष सहित पदाधिकारी लगायतका उपस्थिति रहेको थियो । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष निराजन खनालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram