Listen Live: 

अधिवेशनको परिणामले भन्छ जनताको पहिलो रोजाईमा छुः भेषराज दुवाडी

Radio Chitwan
बिहिबार, चैत्र २४, २०७८

चितवन, २४ चैत्र । स्थानीय निर्वाचन नजिकिदै छ । आकांक्षी नेताहरुको केन्द्र धाउने लर्को र चटारो बढ्दै छ । गठबन्धनका कारण कुन पालिका कसको भागमा पर्ने हो अझै टुङ्गो लागेको छैन । पाँच वर्षमा एक पटक पालो आउँछ त्यस माथि पनि १ दर्जन भन्दा बढीको आकांक्षा । निर्वाचनको राफ र तापले आकांक्षीहरुको मन पनि तीव्र रुपमा तात्न थालेको छ । सबै आकांक्षीले केन्द्र तिरको लविङ्लाई बाक्लो बनाउन थालेका छन् । यस्तै रत्ननगरमा मेयरको आकांक्षा राख्ने मध्ये नेपाली कांग्रेसको तर्फबाट भेषराज दुवाडी बलिया मानिन्छन् । उनी डाइनामिक लिडरको रुपमा स्थापित छन् । “ यस पटकको नगर प्रमुखमा नगरवासीले मलाई चाहेका छन् ।” भेषराज दुवाडी भन्छन् , “ म २४ वर्ष कै उमेरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचनमा होमिएको व्यक्ति हो” उनी थप्छन् “ १६ वर्ष कै उमेरमा पहिलो जनआन्दोलनमा भाग लिदा १६ दिन हिरासदमा बसेको थिएँ ।” नेपाली कांग्रेस जनताको भावना बुझेर काम गर्ने पार्टी भएकाले लोकप्रियतालाई मनन गर्दै केन्द्रले टिकट दिने कुरामा उनी विश्वस्त छन् । स्मरण रहोस् नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा दुवाडीले सर्वाधिक मत ल्याएका थिए ।
वास्तवमा हरेक चोक , चौतारी अनि चिया पसलमा भेषराजको चर्चा चल्नुको पछाडी उनको व्यक्तित्व नै प्रमुख कारण हो । कुनै कार्यकारी पदमा नहँुदा पनि उनी जनताको सेवामा सधैँ खटिन्छन् । हरेक किसान सँग , हरेक व्यपारी सँग , वालवच्चा , महिला वृद्ध सबै सँग आत्मीयता साट्न उनी सफल छन् । समग्र चितवनको वृहत्तर विकाशको खाका कोर्न सक्ने क्षमता उनमा छ । समग्र पूर्वि चितवनलाई उपमहानगर बनाई अघि बढ्ने उनको योजना छ । चाहे सामाजिक क्षेत्रमा हेस् , चाहे व्यवसायिक क्षेत्रमा होस् उनको सकृयता बलियो छ । यति मात्र होइन धार्मिक क्षेत्रमा देखिएको सकृयताले त झन् उनी सबैको मनमा बस्न सफल छन् । “ कसरी समय मिलाएका होलान् , कसरी भ्याएका होलान्” एक नगरवासी भन्छन् “ दीन दुखीको मा पनि सहयोग गर्न गएकै छन् , राजनीति शुद्धीकरणमा पनि लागेकै छन्” अर्का नगरवासी भन्छन् “यस पटक भेषराजलाई पार्टीले टिकट दिनु पर्छ ।”
भेषराज पनि फरक सोचाई भएका व्यक्ति हुन् । पत्रकारहरु सँगको भेटमा उनले एक पटक भन्दा अर्को पटक आफूँ मेयरको उमेद्वार नबन्ने बताए । “राजनीतिमा ईमान्दार बन्नु पर्छ , म बोलेको कुरा पुर्याउँछु बाचा भयो म दोस्रो पटक मेयरको लागि उमेद्वारी दिन्न ।” दुवाडी भन्छन् “ म पैसाको राजनीति गर्दिन, मलाई पैसा कमाउनु पनि छैन ,जनताको सेवामा समर्पित हुँदै ईमानको राजनीति गरेकाले नै जनताले मलाई चाहेका हुन् ।”
जीवनका विविध आयामहरुमा उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय संम्मान तथा पुरस्कार पनि प्राप्त गरेका छन् । देशविदेशको भ्रमणवाट विकाशको खाका कोर्न सक्ने क्षमता पनि उनी सँग छ । पार्टी भित्रको विचार समूहको संघर्षवाट पनि उनी टाढा छन् । गत अधिवेसनमा पनि उनी सहज रुपमा कुनै पनि विचार समूहमा अटाएका थिएनन् । तर पछि बल्ल बल्ल संस्थापन ईतरमा अटाएका थिए । तर उनी विचार समूहको भन्दा पनि सबै न्यायप्रेमी मतदाता, कायकर्ता को प्रिय बन्न पुगे र सर्वोत्कृष्ट मतका साथ विजयी बने । “नेतृत्वले नेतृत्व जन्माउने हो तर यहाँ नेतृत्व सिध्याउने खेलबाट बच्न चुनौति छ” दुवाडी भन्छन् “ म सबै विचार समूहका साथीहरुको साझा हो” उनी थप्छन् “ यस पटक सबै साथीहरुले मलाई स्वीकार्ने कुरामा म ढुक्क छु , म कलंक रहित छु सबैको रोजाइमा छु , घरदैलोमा जाँदा नगरवासीले पछि नहट्न सुझाव दिनुभएको छ” ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram