Listen Live: 

चितवनको खैरहनीमा अर्गानिक फुल खेती सुरु

Radio Chitwan
मङ्लबार, साउन २२, २०८१

खैरहनी । चितवनको खैरहनी वडा नं ४ चैनपुर स्थित भूवनेश्वर टोलमा सयपत्री फुलको व्यवसायिक खेती सुरु गरिएको छ । सफा कृषि प्रा.लि र सफा उर्जा उत्पादन प्रा.लिले अर्गानिक खेती प्रणाली मार्फत फुलको व्यवसायिक खेती सुरु गरेको हो । कार्तिकमा करिब ६ विगहा क्षेत्रफलमा सुर्यमुखी फुल खेती गर्ने योजना बनाएको सो संस्थाले आगामी तिहारलाई लक्षित गरी १५ कठ्ठामा अर्गानिक सयपत्री फुलको खेती सुरु गरेको हो । संस्थाले चैनपुरमा जग्गा भाडामा लिएर १५ कठ्ठामा सयपत्री फुल खेती सुरु गरेको छ । पूर्वपश्चिम राजमार्गबाट उत्तर तर्फको क्षेत्रलाई एग्रोटुरिजमको रुपमा विकास गर्ने उद्देश्यले व्यवसायिक रुपमा फुलखेती सुरु गरिएको सफा उर्जा उत्पादन प्रा.लिका निर्देशक निर्णय पौडेलले जानकारी दिनुभयो । सफा उर्जाले अर्गानिक खेती र फोहोर व्यवस्थापनको कामलाई संगसंगै अगाडि बढाएर एग्रोटुरिजमको विकास गर्न सुरु गरेको फुलखेतीमा खैरहनी नगरपालिकाले समेत चासो देखाएको छ । नगरपालिकाका मेयर शशीकुमार खनिया, उपमेयर कविता उप्रेती, वडा नं ४ का वडाध्यक्ष वेदबहादुर अधिकारी तथा कृषि अधिकृतहरुलाई उपस्थित गराएर सयपत्री फुल रोपिएको निर्देशक पौडेलले जानकारी दिए । सो अबसरमा मेयर खनियाले नगरपालिकाले अर्गानिक उत्पादनलाई जोड दिएको भन्दै सफा उर्जाले सुरु गरेको कामलाई स्थानीय सरकारले रचनात्मक सहयोग गर्ने बताउनुभयो । नगरभित्र गरिने अर्गानिक खेतीलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्न तयार रहेको भन्दै उहाँले प्राङ्गारिक खेती प्रणालीको विकासमा हातेमालो गर्न तयार रहेको बताउनुभयो । उपमेयर उप्रेतीले जिल्लामा पहिलो पटक अर्गानिक खेतीप्रणाली मार्फत व्यवसायिक रुपमा सयपत्री फुलको खेती सुरु गर्दा आफु उत्साहित भएको बताउनुभयो । खैरहनीलाई एग्रोटुरिजमको रुपमा विकास गर्न व्यवसायिक रुपमा सयपत्री र सुर्यमुखी फुलको खेती गर्न लागिएको निर्देशक पौडेलले बताए । नेपालमा अर्गानिक उत्पादन चुनौतीपूर्ण रहेको भन्दै उनले व्यवसायिक रुपमा अर्गानिक फुलखेती सफल बनाएर देश विदेशबाट मान्छेहरु हेर्न आउने बाताबरण तयार गर्ने योजना रहेको बताउनुभयो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram