कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा वृक्षारोपण

Radio Chitwan
आइतवार, साउन २०, २०८१
चितवन, साउन १९ –राष्ट्रिय
युवा संघ नेपाल, चितवनको आयोजनामा कालिका नगरपालिका– ८ स्थित उदयपुर
सामुदायिक वनमा रहेको टाँसी छ्योलिङ्ग गुम्बा परिसरमा आज वृक्षारोपण
कार्यक्रम सम्पन्न भएको छ ।‘संरक्षण
प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा संघ
नेपाल केन्द्रीय कमिटीले १ महिने वृक्षारोपण अभियान २०८१ चलाइरहेको छ ।एक युवा पाँच बिरुवा भनेर अभियान चलाइएको छ । त्यही अभियान अन्तर्गत आज चितवनमा वृक्षारोपण गरिएको हो ।आजको
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण
सिलवालले सहभागी सबैलाई शुभकामना व्यक्त गर्दै वृक्षारोपणको महत्व र यसको
दीर्घकालीन फाइदाहरुका बारेमा चर्चा गरे । उनले ‘एक युवा, पाँच विरुवा’
भन्ने नारालाई आत्मसात गर्दै, युवाहरुले सामाजिक परिवर्तनमा महत्वपूर्ण
भूमिका खेल्न सक्ने कुरामा जोड दिए ।राष्ट्रिय
युवा संघ नेपाल, चितवनका अध्यक्ष झलकराज भट्टले १ हजार बिरुवा रोपिएको
जानकारी दिए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर रुपमा
सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।कार्यक्रममा
वन डिभिजन कार्यालयका प्रमुख थीर बहादुर कार्की, जिल्ला समन्वय समितिका
प्रमुख नारायण अधिकारी, कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी, उप
प्रमुख विमला तामाङ लगायतको उपस्थिति रहेको थियो ।

आन्य समाचारहरु:-
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर १२ मा नकआउट फुटबल सुरु
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]