चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
रत्ननगरका नेवार समुदायले मनाए गठेमंगल पर्व
रत्ननगर । रत्ननगरका नेवार समुदायले शुक्रबार घण्टाकर्ण चतुर्दशी तथा गठेमंगल पर्व मनाएका छन् । साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन नेवार समुदायले यो पर्व मनाउदै आएका छन् । भिंजः खलः रत्ननगरले एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त पर्व मनाएको हो । टाँडी चोकमा भेला भएका नेवारी समुदायले लौरीघोलमा गठेमंगल विर्सजन गरेका छन् । नेवार समुदायका बिभिन्न चाडमध्ये यस पर्वलाई पहिलो र छोराको चाडका रुपमा मनाउने गर्छन । भिंजः खलः रत्ननगरका पूर्व अध्यक्ष गोपालराज कर्मचार्यले घरभित्र र बाहिरका फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रुपमा बिसर्जन गरी भुत प्रेत पन्छाउने नाम दिएपनि यो पर्व सरसफाईको प्रतिकका रुपमा मनाउने गरिएको बताए । रोपाई अबधिभर सरसफाईलाई ध्यानदिन नपाउने र यसबेला बिभिन्न किरा फठयांग्राले दुःख दिने भएकाले यसलाई पन्छाउन भुतप्रेतको संज्ञा दिई फोहोर सरसफाई गरी यो पर्व मनाइने गरिएको उनको भनाई छ । भिंजः खलः रत्ननगरका अध्यक्ष गोविन्दकृष्ण श्रेष्ठले गठेमंगल पर्वलाई नेवारी समुदायको पर्व सुरु भएको रुपमा मानिदै आएको बताए । पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिंदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाएर जलाइएको उनले बताए । गठेमंगल नेवारी समुदायको सांस्कृतिक पर्व पनि हो ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]