कालिका
नगरपालिकाको आयोजनामा कालिका वडा नं. ८ मा रहेका १७ वटा टोल विकास
संस्थाहरुका ७५ जना किशोरी र गर्भवती महिला पोषण,  प्रजनन र  स्वास्थ्य
सम्बन्धी प्रशिक्षण दिईएको हो । नगरका स्वास्थ्य शाखा प्रमुख दिपक
भण्डारीले पोषण, प्रजनन, सुरक्षित, गुणस्तरीय, सर्वसुलभ, पहुचयोग्य बनाउन
सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । 
सामाजिक
विकास समितिका संयोजक तथा कालिका वडा नं. ६ का वडा अध्यक्ष मकरमान
श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ प्रमुख
अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख तामाङले गर्भावस्था र
स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमाको स्वास्थ्य तथा जन्मने
नवशिशुको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्ने तर्फ सहभागिहरुलाई सचेत
गराउनुभयो । 
गर्भमा रहेको
शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर हुर्कन्छन् ।
गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एक पटक थप पौष्टिक
तथा सन्तुलित खाना खान उहाले सुझाव दिनुभयो । 
विद्यालय
बाहिर रहेका किशोरीहरुले उमेर नपुगीकन विवाह गरेमा मानसकि र शारिरीक रुपमा
पीडाको सामना गर्नुपर्ने बताउनुभयो । "उमेर पुगेर परिपक्क अवस्था भईसकेपछि
मात्रै विवाह गर्नुपर्छ, तब मात्र मानसकि र शारिरीक रुपमा सक्षम भईन्छ ।"
उहाँले भन्नुभयो ।
बाल
विवाह कानुनी अपराध रहेको भन्दै उहाँले यदी कसैले बाल विवाह गरेको पाईएका
विवाह गराउने र गर्ने दुवै पक्षले कानुन अनुसारको सजाए भोग्नु पर्ने
बताउनुभयो । 
प्रमुख
प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले गर्भवती महिलाहरुले पेटभित्र रहेका
सन्तानका लागि पोषण युक्त खाना खानुपर्ने सुझाव दिनुभयो । खाना खादा खेरि
मात्रा मिलाएर खान सकेमा आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहने बताए । 
नेपालमा
पोषण अभावका कारण मातृ शिशु मृत्युदर, बाल शिशु मृत्युदर बढिरहेको बताउदै
केही हदसम्म यो कार्यक्रम मार्फत न्यूनीकरण गर्ने हाम्रो प्रयास रहेको
बताउनुभयो । 
कालिका वडा
नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगरले गर्भा अवस्थामा आमाले पौष्टीक
आहार प्रशस्त मात्रामा खान पाएमा शिशु निरोगी र तन्दुरुस्त जन्मने भन्दै
गर्भवती महिलाहरुले समय समयमा नियमित स्वास्थ्य जाँच गराउनुपर्ने बताउनुभयो
। 
सामाजिक विकास समितिका
संयोजक तथा कालिका वडा नं. ६ का वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा
सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य शान्ति महतो, गीता मगर, सुनिता
परियार लगाएतको सहभागीता रहेको थियो । 
महिला
तथा बालबालिका निरिक्षक सबिना श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा
महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकाल दवाडीले स्वागत मन्तव्य
राख्नुभएको थियो ।