Listen Live: 

भरतपुर महानगरमा एमालेको वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय

Radio Chitwan
सोमवार, साउन १४, २०८१

चितवन । नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय भएको छ ।

एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सो निर्णय गरेको हो ।

बैठकले अधिवेशन गर्न बाँकी रहेका वडाहरुमा अधिवेशनको मिति तोकेको छ । महानगरका २९ वटा वडामध्ये १५ वटा वडाको अधिवेशन हुन बाँकी छ ।

अधिवेशन हुन बाँकी वडाहरुमा वडा नम्बर १, २, ३, ४, ६, ७, ११, १३, १५, १६, १७, २१, २४, २८ र २९ रहेका छन् । यी वडाहरुमा आगामी भदौ १५ गतेभित्र वडा अधिवेशन सकिसक्ने निर्णय भएको हो । सबै वडाहरुले आआफ्नो अधिवेशन गर्ने मिति तोकेका छन् ।

सदस्यता नवीकरणको काम अन्तिम चरणमा पुगेको र नयाँ सदस्यताको फारम भरेर जिल्ला पार्टी कार्यालयमा साउन २० गतेभित्र पेस गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी बैठकले अन्य कमिटीमा निर्वाचित भएका महानगर कमिटीका सदस्यहरुलाई विदाई गर्दै बधाई ज्ञापन गरेको छ ।

महानगर कमिटी अध्यक्ष शंकरराज थपलियाको अध्यक्षतामा सम्पन्न भएको बैठक उपाध्यक्ष दिलिप न्यौपानेले सञ्चालन गरेका थिए भने बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलिया, यमबहादुर परियार, केन्द्रीय सल्लाहकार डा. तिलचन्द्र भट्टराई, प्रदेश कमिटी सदस्य कृष्ण भुर्तेल र एमाले चितवनका कार्यवाहक अध्यक्ष श्याम कुमार विष्टले संवोधन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram