Listen Live: 

म निष्ठाको राजनीति गर्ने मान्छे हो, त्यसैले जनताले मलाई चाहेका छन्ः कुमार कार्की

Radio Chitwan
बिहिबार, चैत्र २४, २०७८

चितवन, २४ चैत्र । स्थानीय निर्वाचनको चटारोले नेताहरुको दौडधूप बाक्लिएको छ । पाँच दलीय गठबन्धनका कारणले कुन पालिका कसको भागमा पर्ने हो निश्चित भैसकेको छैन । तर पनि आकांक्षीहरुको चर्चाले चिया पसल , चोक र चौतारीहरुमा चर्चा चुलिदैँ गएको छ । पूर्वि चितवनको खैरहनी नगरपालिकामा कांग्रेसको तर्फबाट कुमार कार्कीको नाम अग्र स्थानमा आउन थालेको छ । चितवनका स्थापित नेता कार्की निष्ठाको राजनीति गर्छन् । शालीन स्वभावका कार्की संगठनको सवलीकारणमा सफल मानिएका व्यक्ति हुन् । उनको राजनैतिक विरासद पनि बृहत छ । विद्यार्थी जीवनबाट नै नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका उनी निरंन्तर राजनीतिमा सकृय छन् । उनी शिक्षित छन् । राजनीति शास्त्रमा नै उनले स्नातकोत्तर गरेका छन् । केही समय प्राध्यापनमा लागेका उनी पछि पूर्णकालीन भै राजनीतिमा अहोरात्र खटे । “भोट पाउन जनताको मन जिल्नु पर्छ ।” कार्की भन्छन् “ कुनै पार्टी विषेश नभनी न्यायको पक्षमा बोल्ने भएर म जनताको नजरमा प्रिय छु” उनी थप्छन् “ म कलंक रहित व्यक्ति हो , भाषणमा भन्दा काममा विश्वाश गर्छु ।”
। शालीन र भद्र बानीका कारण कार्की जनमनमा बस्न सफल छन् । सेवामुखी राजनीतिमा विश्वास राख्ने कार्की राजनीतिलाई व्यवसायको रुपमा हेर्ने शैलीको विरोध गर्छन् । पार्टीमा बढ्दै गएको विकृतिको अन्त्य गर्न पनि शिक्षित वर्ग अव राजनीतिमा आउनु पर्ने उनको धारणा रहेको छ । हाल सम्म पार्टीले दिएको जिम्वेवारी उनले ईमान्दारी पूर्वक सम्पादन गर्दै आएका छन् । शालीन व्यक्तित्वका कारणले उनले विपक्षीहरुको समेत मत खाने विश्लेषकहरु बताउँछन् ।
तेरो मेरो भन्ने भावना ले समग्र खैरहनी को विकाश हुन नसकेको उनको भनाई छ । प्रकृतिक संपदाको रुपमा रहेको जल , जमिन र वनलाई मात्र आधुनिक रुपमा प्रयोग गर्न सके नगरलाई बिकाश गर्न आवश्यक पर्ने पूँजीको निर्माण हुने उनको तर्क छ । “ नगरवासीबाट कर मात्र लिने होइन कर लिए बापत शिक्षा, स्वस्थ्य, रोजगारी र सुरक्षाको जिम्बेवारी पनि नगर प्रशाशनको हो । “नगरपालिकाले नगरवासीको अभिभाबकत्व लिन सकेन” उनी भन्छन् आफूँ र आफ्नाले मात्र कमाउने, सुविधा भोग गर्ने प्रवृत्तिको अन्त्य गर्न नगरवासी कांग्रेसलाई जिताउन तयार भएर बसेका छन् ।”
गत स्थानीय निर्वाचनमा झिनो मतान्तरले खैरहनी नगर पालिका कांग्रेसले गुमाएको थियो । उनी भन्छन् “ खैरहनीको विकाशको लागि अब कांग्रेसको विकल्प नभएको जनताले महशुस गरिसकेका छन् ।”
१४ औ महाधिवेसनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित कार्की बागमती प्रदेश कमिटिमा पनि निर्वाचित हुन् । पत्रकारहरु सँगको भेटघाटमा साथीहरु सँग सकारात्मक छलफल भैरहेकाले आफ्नो नाममा सर्वसम्मत हुने विश्वाश उनी व्यक्त गर्छन् ।

आन्य समाचारहरु:-
April 20, 2024
समाजवादी प्रेस संगठनद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रममुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल

बुटवल, बैशाख ८ । नेकपा एकीकृत समाजवादीका महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले आफूहरु अंकगणितको हिसाबले सानो […]

April 20, 2024
ई स्पोर्ट्सका सरोकारवालासँग अन्तरक्रिया

बैशाख ८ गते ।ई स्पोर्ट्स संघ नेपालले ई स्पोर्ट्सको क्षेत्रमा काम गर्ने सरोकारवाला पक्षसँग शनिबार अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा औपचारिक रुपमा दर्ता भएपछि संघले शनिबारसरोकारवाला सबै […]

April 12, 2024
बाघको आक्रमणबाट दुई जना घाइते

माडी । माडी नगरपालिका वडा नं-१, रिउखोलामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । भैँसी चराउने क्रममा बाघले आक्रमण गर्दा माडी- १ का ५६ वर्षीय सूर्य महतो र सोही […]

April 12, 2024
प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किँदा तीन बालिकाको मृत्यु

एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन्  । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram