कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर उवासंघमा पुनको स्वागत

रत्ननगर । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा चितवनको रत्ननगर आइपुगेका छन् । डा. महावीर पुनको जीवन कथामा आधारित पुस्तक बिक्री गर्न उनी आफैँ रत्ननगर आइपुगेका हुन् । आइतबार रत्ननगर उद्योग वाणिज्य संघले पुनलाई स्वागत गर्दै उनको किताबसमेत खरिद गरेको छ ।
संघमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष शंकर गिरीसहित पूर्वअध्यक्ष एवं पदाधिकारीहरुले डा. पुनलाई स्वागत गरेका थिए । सोही अवसरमा पुनले स्वागत तथा सम्मानजस्ता कार्यक्रममा प्रयोग गरिने उपहार तथा पुरस्कारमा आफ्नो किताब प्रयोग गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
कृषि औजार कारखानाबाट सस्तोमा औजारहरु बजारमा पठाउने र त्यसको खरिद एवं उपयोगको लागि विशेष भूमिका व्यवसायीहरुको भएको उनले बताए । डा. पुनले आफ्नो किताबमार्फत युवाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताए ।

त्यस्तै, कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची–महाकाली महाअभियान सञ्चालनका क्रममा करिब १ लाख १५ हजार पुस्तक बिक्री भइसकेको पुनले जानकारी दिए ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले पुनको यो अभियानमा सहयोगीको भूमिका निभाउन पाएको भन्दै खुसी व्यक्त गरे । साथै, संघमार्फत खरिद गरिने औजार र संघमा आवद्ध व्यवसायीले औजार कारखानाबाट उत्पादित सामग्री खरिद बिक्री गर्दिन व्यवसायीलाई गिरीले आग्रह गरेका छन् ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

