चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
रत्ननगर उवासंघमा पुनको स्वागत
रत्ननगर । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा चितवनको रत्ननगर आइपुगेका छन् । डा. महावीर पुनको जीवन कथामा आधारित पुस्तक बिक्री गर्न उनी आफैँ रत्ननगर आइपुगेका हुन् । आइतबार रत्ननगर उद्योग वाणिज्य संघले पुनलाई स्वागत गर्दै उनको किताबसमेत खरिद गरेको छ ।
संघमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष शंकर गिरीसहित पूर्वअध्यक्ष एवं पदाधिकारीहरुले डा. पुनलाई स्वागत गरेका थिए । सोही अवसरमा पुनले स्वागत तथा सम्मानजस्ता कार्यक्रममा प्रयोग गरिने उपहार तथा पुरस्कारमा आफ्नो किताब प्रयोग गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
कृषि औजार कारखानाबाट सस्तोमा औजारहरु बजारमा पठाउने र त्यसको खरिद एवं उपयोगको लागि विशेष भूमिका व्यवसायीहरुको भएको उनले बताए । डा. पुनले आफ्नो किताबमार्फत युवाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताए ।
त्यस्तै, कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची–महाकाली महाअभियान सञ्चालनका क्रममा करिब १ लाख १५ हजार पुस्तक बिक्री भइसकेको पुनले जानकारी दिए ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले पुनको यो अभियानमा सहयोगीको भूमिका निभाउन पाएको भन्दै खुसी व्यक्त गरे । साथै, संघमार्फत खरिद गरिने औजार र संघमा आवद्ध व्यवसायीले औजार कारखानाबाट उत्पादित सामग्री खरिद बिक्री गर्दिन व्यवसायीलाई गिरीले आग्रह गरेका छन् ।
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]
चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]