चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
नारायणगढ मानबसेवा आश्रमलाई आर्थिक सहयोग
रत्ननगर । चितवनको नारायणगढ स्थित मानबसेवा आश्रमलाई आर्थिक सहयोग गरिएको छ । मिक्स एण्ड म्याच हङकङले ३ लाख ६० हजार रुपैया सहयोग गरेको हो । मानब सेवा आश्रममा आयोजित एक औपचारिक कार्यक्रममा खैरहनीका समाजसेवी झमकप्रसाद नहर्की, खैरहनी उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष दीपेन श्रेष्ठ, ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियार, सामाजिक अभियान्त शान्तामणि नहर्कीले मानब सेवा आश्रमकी महासचिव शुशीला केसीलाई सो रकम हस्तान्तरण गरेका थिए । मिक्स एण्ड म्याचका अध्यक्ष दिनानाथ बगाललेले हङकङबाट संस्थागत रुपमा पठाएको रकम सामाजिक अभियान्ता नहर्कीको समन्वयमा आश्रमलाई हस्तान्तरण गरिएको हो । कोही नभएका र केही नभएकाहरुलाई सडकबाट उठाएर आवासीय सुविधा सहित लालनपालन गरिरहेको आश्रमलाई मिक्स एण्ड म्याच हङकङले पठाएको रकम हस्तान्तरण गरिएको नहर्कीले बताए । मानबताको दरिलो उदाहरण बन्न सफल मानब सेवा आश्रमलाई सहयोग गर्न उनले सबैलाई आग्रह गरे । महासचिव केसीले तीनै तहको सरकार तथा देश विदेशमा रहेका विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगले बेसहारा र अभिभावकविहीनहरुको सेवा कार्य सहज भएको बताइन् । आश्रमकी महासचिव केसीले चितवन स्थित मानब सेवा आश्रमको शाखामा ७० जना आश्रित रहेको भन्दै सात प्रदेशका १९ वटा जिल्लामा शाखा र २४ वटा सेन्टरमा एक हजार ७०० जना आश्रित रहेको जानकारी दिइन् । मानब सेवा आश्रमले बेसहारा, अभिभावकविहीन सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन सेवा कार्य गर्दै आएको छ । महासचिव केसीले २०८२ साल भित्र नेपाललाई सहयोगापेक्षी सडक मानबमुक्त बनाउने मानवसेवा आश्रमको उद्देश्य रहेको जानकारी दिइन् ।
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]