काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका […]
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो। पोर्चुगललाई ५-३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो।फ्रान्सका लागि औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले गोल गरे भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
गएराति नै भएको युरोकपको अर्को खेलमा आयोजक जर्मनीलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनल प्रवेश गरेको छ।
निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका लागि माइकल मेरिनोले गोल गर्दै टोलीलाई जित दिलाएका थिए।
रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]
काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा भारतले अस्ट्रेलियालाई २०६ रनको चुनौती दिएको छ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० […]