Listen Live: 

रत्ननगरका मेयरलाई हिरो अफ मधेश अवार्डबाट सम्मान

Radio Chitwan
बुधबार, चैत्र २३, २०७८

चितवन, २३ चैत्र । चितवनको रत्ननगरका मेयर नारायण वनलाई हिरो अफ मधेश अवार्ड प्रदान गरिएको छ। मधेशी पत्रकार समाज नेपालले मेयर वनलाई हिरो अफ मधेश अवार्डबाट सम्मान गरेको हो। तराईको जिल्ला मध्येको एक रत्ननगरका मेयर वनले आर्थिक, सामाजिक विकास र नगरको पूर्वाधार विकासमा उल्लेख्य काम गरेको भन्दै सो संस्थाले उनलाई सम्मान गरेको हो।
वीरगञ्जमा आयोजित कार्यक्रमका प्रमुख अतिथि भारतीय महाबाणिज्य दुताबास बीरगञ्जका प्रमुख शैलेन्द्रकुमार र मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहनकुमार सिंहले मेयर वनलाई अवार्ड प्रदान गरेका थिए। पछिल्लो पाँच वर्षे कार्यकालमा उपत्याका बाहिर पहिलो आकासे पुल निर्माण तथा जिल्लामै पहिलो बालमैत्री नगर घोषणा गर्न सफल भएका मेयर वनले गरेको कार्यमूल्याङ्कनको आधारमा सम्मान गरिएको हो। चितवनको पर्यटन विकासको लागि सौराहामा आर्कषक सभाहल, वडा नं ९ मा होमस्टेसहितको इको पार्क निर्माण गरेका वनले झुवानीमा वाटरकिङडम निर्माण थालेका छन्। स्वास्थ्यतर्फ उनले आमा र बच्चाको सुरक्षाको लागि रत्ननगरमा मातृशिशु अस्पताल निर्माण सुरु गरेका छन्। वृद्धवृद्धालाई घरमै उपचारदेखि सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका मेयर वनले रत्ननगर अस्पतालको स्तरोन्नती गरी सेवालाई प्रभावकारी बनाउन सफल भएका छन्।
धान पीडित किसानलाई केन्द्र र प्रदेश सरकारले भन्दा पहिले राहत दिएर चर्चा बटुलेका उनले विपन्न पशुपालक किसानहरुलाई अनुदानमा गाई वितरण गरेका छन्। नगरभित्रका चार वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गरेका उनको पहलमा रत्ननगर १२ मा इन्जिनियरिङ कलेज स्थापनाको लागि पोखरा विश्व विद्यालयसँग सम्झौता गरी काम अगाडि बढाएका छन्।
उनले गरेका रचनात्मक कामले देश विदेशमा राम्रो सन्देश गएको छ मधेशी पत्रकार समाज नेपालका अध्यक्ष सिंहले भने, ‘देशभरका मेयरमध्ये उहाँले गरेको काम उत्कृष्ट देखियो, त्यसैले सम्मान गरेका हौं।’

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram