Listen Live: 

बछौलीमा स्वास्थ्य शिविर : तीन सय जनाको स्वास्थ्य परीक्षण

Radio Chitwan
बुधबार, असार २०, २०८१

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा बुधबार आयोजित समुदायमा आधारित दन्त सहित नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविरमा स्थानीय ३०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जनस्वास्थ्य कार्यालय चितवनले बछौली स्वास्थ्यचौकीसंग सहकार्य गरी आयोजना गरेको सो शिविरमा १९७ दाँताका विरामी सहित ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको बछौली स्वास्थ्यचौकी प्रमुख केशव पौडेलले जानकारी दिए । वडा नं ६ का वडाध्यक्ष किरण महतोको अध्यक्षतामा भएको उक्त शिविरको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उद्घाटन गरेका थिए । सो अबसरमा उनले आगामी आर्थिक बर्षको लागि रत्ननगर नगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि मात्र पाँच लाख रुपैया विनियोजन गरेको बताए । नागरिकको स्वास्थ्य रक्षाका लागि स्थानीय सरकार जिम्मेबार रहेको भन्दै उनले अतिविपन्नको निशुल्क स्वास्थ्य बीमा र विपन्नको ५० प्रतिशत अनुदानमा बिमा गर्ने गरिएको बताए । उनले नागरिकको उपचारकै लागि उपचार कोष स्थापना गरिएको भन्दै आर्थिक अभावका कारण उपचार नपाएका नगरबासीले रत्ननगर अस्पतालमा १० हजार देखि २५ हजार सम्म उक्त कोषबाट सेवा लिन सक्ने बताए । जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत दीपक पंगेनीले पछिल्लो समय नर्सने रोगका कारण मानिसको मृत्यू हुने दर बढ्दै गएको भन्दै नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउन र रोग पहिचानको लागि शिविर आयोजना गरिएको बताए । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँले नागरिकको स्वास्थ्य सुरक्षाको विकास संवेदनशिल रहेको भन्दै नसर्ने रोगको न्यूनीकरणको लागि पालिकाले योजना बनाएर काम गरिरहेको बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram