कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
राप्तीबाट समाजबादीका दुई नेता एमालेमा प्रवेश

रत्ननगर । चितवनकाे राप्ती नगरपालिकाबाट एकीकृत समाजबादीका दुई जना नगर स्तरीय नेता एमालेमा प्रवेश गरेका छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री जगन्नाथ थपलियाकाे स्वागतका लागि आयाेजित कार्यक्रममा एकीकृत समाजबादीकाे प्रतिनिधित्व गरि टाेल विकास संस्थाकाे नेतृत्व गरिरहेका मन्जु तामाङ र कमल माेहन सिलवाल एमालेमा प्रवेश गरेका हुन् । तामाङ कन्चन बस्ती टाेल विकास संस्थाकी अध्यक्ष तथा सिलवाल साेही संस्थाका सचिव हुन । उनीहरुलाई एमालेका केन्द्रीय समेत रहेका प्रदेशका अर्थमन्त्री थपिलयाले पार्टीमा स्वागत गरेका थिए । साेही कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा राप्ती नगरपालिकाकी संस्थापक मेयर प्रभा बराल, संस्थापक उपमेयर इमानसिंह लामा, प्रदेश कमिटी सदस्यहरु श्यामलाल विक, शुशीला पाैडेल, नगर कमिटी अध्यक्ष पूर्णबहादुर थापा, नगर कमिटी प्रबक्त तथा वडाध्यक्ष श्यामसुन्दर उप्रेती लगायतकाे उपस्थिति रहेकाे थियाे । साे अबसरमा अर्थमन्त्री थपलियाले एमाले सरकारमा हुँदा जनपक्षीय काम गर्ने भन्दै विकासप्रतिकाे जनताकाे अपेक्षा एमालेले मात्र पूरा गर्ने बताए । वडा नं ५ का वडाध्यक्ष तथा राप्ती संसदीय दलका नेता सीताराम तामाङकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे । एमाले बागमती प्रदेशका संसदीय दलका नेता तथा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले जनपक्षिय बजेट निर्माण गरेकाे भन्दै एमालेबाट चुनाव जितेका राप्ती नगरका जनप्रतिनिधिहरुले थपलियालाई स्वागत तथा सम्मान गरेका हुन् ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]