काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका […]
अनन्तको आइएसएलमा डेब्यु

काठमाडौँ, फागुन २२ । नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल)मा एससी इस्ट बंगालबाट डेब्यु गरेका छन् । तर, इस्ट बंगाल बेङ्गलुरुसँग १–० ले पराजित भएको छ।
गोवास्थित तिलक मैदान रंगशालामा बेङ्गलुरु एफसीविरुद्ध पहिलो रोजाइमा स्थान बनाउँदै अनन्तले कीर्तिमानी डेब्यु गरेका थिए । डेब्युसँगै आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी अनन्त बनेका छन् ।
यसअघि नेपाली खेलाडी अनिल गुरुङ, रोहित चन्द, किरण कुमार लिम्बू, प्रकाश बुढाथोकी र अभिषेक रिजालले आइलिगमा खेले पनि आइएसएलमा मौका पाएका थिएनन् । नेपाली घरेलु फुटबलमा लामो सयमदेखि थ्रीस्टारबाट खेल्दै आएका अनन्त राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्यसमेत हुन् ।
नेपाल सुपर लिग (एनएसएल)का लागि एफसी चितवनका मार्की खेलाडी चुनिएका अनन्तको इस्ट बंगाल टोली पहिलो हाफमा बेङ्गलुरुसँग १–० ले पछि परेको थियो ।
भारतीय कप्तान सुनील क्षेत्रीले २४औं मिनेटमा गरेको गोलसँगै बेङ्गलुरुले अग्रता लिएको थियो । सोही अग्रताको बचाउ गर्दै बेङ्गलुरुले जित सुनिश्चित गर्यो ।
२० खेलबाट ११ अंक जोडेको इस्ट बंगाल तालिकाको ११औं स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको बेङ्गलुरु छैटौं स्थानमा छ । लिग लिडर जमशेदपुरको १९ खेलबाट ४० अंक छ ।
रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]
काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त […]