Listen Live: 

चित्रसारी पुलबाट सौराहा सौन्दर्यकरणको सुरुवात

Radio Chitwan
सोमवार, असार १८, २०८१

रत्ननगर । रत्ननगरको चित्रसारी पुलबाट पर्यटकीय नगरी सौराहाको सौन्दर्यकरणको काम सुरु गरिएको छ । रत्ननगर नगरपालिका र रेवान सौराहाको सहकार्यमा उक्त काम सुरु गरिएको हो । गन्तव्य अबलोकनका लागि आएका पर्यटकलाई सौराहा आइपुगेको अनुभूति दिलाउन चित्रसारी फुलबाट सौन्दर्यकरणको काम सुरु गरिएको रेवान सौराहाका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । रत्ननगरका मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच पुलमा सजीसजाउ गरिएको उक्त कामको उद्घाटन गरेका हुन् । चित्रसारी पुललाई सजावट गरी गैंडा, हात्ती र बाघको प्रतिमा निर्माण गरिएको छ । झिलिमिली बत्ती सहित पुलमै गमलामा पुल राखिएको छ । रत्ननगर नगरपालिकाको ७ लाख र रेवान सौराहाको तीन लाख गरी १० लाखको लगानीमा सौराहा सौन्दर्यकरणको काम सुरु गरिएको हो । सो अबसरमा मेयर सापकोटाले सौराहाको विकासको लागि बजेट अभाव हुन नदिने बताए । सौराहा प्रकृतिले दिएको सुन्दर उपहार हो उनले भने यसलाई जोगाउने जिम्मेबारी हाम्रो हो । सौराहालाई विश्वकै उत्कृष्ट पर्यटकीग गन्तव्य बनाउने अठौट गरेको भन्दै उनले यसका लागि व्यवसायीको पनि तदारुकता उत्तीकै आवश्यकता रहेको बताए । क्षेत्रीय होटल संघका केन्द्रीय सदस्य सुमन घिमिरेले सेवाको गुणस्तर सुधार्ने जिम्मा दिएर तीनै तहको सरकार पूर्वाधार निर्माणमा केन्द्रित हुनुपर्ने बताए । उनले सौराहालाई फरक तरिताकाले चिनाउन स्टेट नम्बरिङको काम गरिएको उनको भनाई छ । रेवान सौराहाका अध्यक्ष गिरीले सौराहा सौन्दर्यकरणको कामले व्यपाकता पाउने बताए । चित्रसारी पुलबाट उक्त काम सुरु गरिएको भन्दै उनले पर्यटकलाई छुट्टै अनुभूति दिलाउने गरी सौराहालाई सिंगारिने बताए । प्रकृतिले दिएका चिजहरु नविग्रने गरी सौराहाको विकास आवश्यक रहेको भन्दै उनले पूर्वाधार निर्माण र सौन्दर्यकरणको कामलाई संगसंगै अगाडि बढाउने बताए । कार्यक्रममा वडाध्यक्षहरु, सौराहाका पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम रेवान सौराहाका निर्वतमान अध्यक्ष दीपेन्द्र खतिवडाले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram