कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर ६ मा आबधिक योजना निर्माण सम्बन्धी अन्तर्क्रिया

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ मा मंगलबार पन्चबर्षीय आबधिक योजना निर्माण सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरिएको छ । वडाको विकासको लागि निर्माण गर्न लागिएको आबधिक योजनाका बारेमा सरोकारबालाहरुबाट सुझाब संकलन र आवश्यकताको पहिचानको लागि अन्तर्क्रिया कार्यक्रम गरिएको हो । सिनर्जी इन्जिनियरिङले सहजीकरण गरेको कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, होटल व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको सो वडाको विकासको लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आबधिक योजना निर्माण गर्न सरोकारवालाहरुले सुझाब दिएका छन् । कृषि र पशुपालनलाई पर्यटनसंग जोडेर स्थानीयको आम्दानीको स्रोत बृद्धि गर्ने गरी योजना निर्माण गर्नुपर्ने भन्दै उनीहरुले पर्यटनको विकासका लागि तीनै तहको जिम्मेवारी प्रष्ट हुने गरी योजना निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा वडाध्यक्ष किरण महतोले सौराहाको पर्यटन विकासको लागि पूर्वाधार निर्माण, सडक सञ्जाल, रिडरोड, पर्यटन सुचना केन्द्र निर्माण तथा कृषि र पशुपालनलाई पर्यटनसंग जोड्ने गरी आबधिक योजना निर्माण गरिने बताए । अबको पाँच बर्ष भित्र सौराहालाई विकासको उचाईमा लैजाने र वडाबासीको जीवन स्तर परिर्वतन गर्ने गरी तीनै तहका सरकारको लगानीमा विकास गरिने उनको भनाई छ । कार्यक्रममा होटल व्यवसायीहरुले गन्तव्य घुम्न आएका पर्यटनले भरपुर मनोरञ्जन प्रदान गर्ने गरी नयाँ नयाँ पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष धु्रव गिरी, वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टीका गिरी, साना पर्यटन व्यवसायी समुहकी अध्यक्ष छुना रेग्मी, पर्यटन व्यवसायी रामकुमार अर्याल, बछौली रेडक्रसका सचिव मनोज चौधरी, थारु संस्कृतिक संग्रहालयका अध्यक्ष खिलेन्द्रराज चौधरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री राममणि खनाल, राजनीतिक दलहरुको तर्फबाट एमालेका रामचन्द्र सापकोटा, माओवादी केन्द्रका ध्रुव खनाल, राप्रपाका गोविन्द अधिकारी, रास्वपाका डण्डपाणि रिजाल लगायतले मन्तव्य राखेका थिए । सिनर्जी इन्जिनियरिङका फडिन्द्र सापकोटाले सहजीकरण गरेको उक्त कार्यक्रम सचिव महेश सुवेदीले सञ्चालन गरेका थिए ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]