Listen Live: 

,रत्ननगर नगरपालिकाको वार्षिक बजेट तथा तीन विधेयक सर्वसम्मत पारित

Radio Chitwan
सोमवार, असार १८, २०८१

रत्ननगर नगरपालिकाले पूर्वाधार, पर्यटन, कृषि, शिक्षा,  स्वास्थ्य, सामाजिक विकास तथा सुशासन प्रवर्द्धनलाई जोड दिँदै आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब ४३ करोड ५३ लाख २० हजारको बजेट सार्वजनिक गरेको थियो ।  

नगरको १५औँ नगरसभामा उपप्रमुख यादवप्रसाद पाठकले प्रस्तुत गरेको बजेट दोस्रो सभाले सर्वसम्मत पारित गरेको हो ।

यस्तै सुशासन समितिका संयोजक कलाधर पौडेलले पेस गरेको कर तथा गैरकरसम्बन्धी विधेयक २०८१ पनि सर्वसम्मत रुपमा पारित भएको छ ।

यस्तै एकीकृत सम्पत्ति कर तथा भूमिकरसम्बन्धी व्यवस्थाका लागि उपप्रमुख पाठकले पेस गरेको आर्थिक विधेयक २०८१ पनि सर्वसम्मत रुपमा पारित भएको छ ।

यसैगरी अघिल्लो आर्थिक वर्षको संरक्षित बजेट खर्च गर्ने प्रयोजनले बनेको विनियोजन विधेयक २०८१ सर्वसम्मत पारित भएको छ । विनियोजन विधेयक २०८१ उपप्रमुख यादवले पेस गरेका थिए । 

नगर प्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा सम्पन्न सभाको समापन गर्दै प्रमुख सापकोटाले जनप्रतिनिधिका रूपमा २६ महिनाको अवधिमा नगरवासीलाई स्थानीय सरकारको अनुभूति हुने गरी विकास , पर्यटन, नगर गौरवका आयोजना , ब्लड बैंक लगायतका गतिविधि सञ्चालन गरिएको जानकारी दिए ।

सभामा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल , विज्ञ सल्लाहकार रामहरि न्यौपाने , नगर प्रवक्ता कुलप्रसाद सापकोटा, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विभिन्न शाखाका प्रमुख एवं सचिवहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram