कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
आयुर्वेद चिकित्सालयकाे प्रगति समीक्षा : स्वास्थ्यकर्मीलाई सम्मान

रत्ननगर । चितवनकाे रत्ननगरमा रहेकाे आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले सेवा प्रवाहकाे लागि गरेकाे काम र त्यसकाे प्रगति समीक्षा गरिएकाे छ । चिकित्सालयकाे जिल्ला स्थित कार्यालय र त्यस मातहतका औषधालयले आर्थिक बर्ष२०८०/८१ मा गरेका कामकाे समीक्षा गरिएकाे हाे ।
जिल्ला समन्वय समितिका सभापति नारायण प्रसाद अधिकारी प्रमुख अथिति रहेकाे साे कार्यक्रममा वीरेन्द्रनगर आयुर्वेद औषधालयका प्रमुख टुकनाथ पाैडेल, माडी आयुर्वेद औषधालयका प्रमुख शाेभाकर दुवाडी,पटिहानी आयुर्वेद औषधालयका प्रमुख भिम आचार्य, गुन्जानगर आयुर्वेद औषधालयकी प्रमुख सुनिता आचार्य, मेघाैली आयुर्वेद औषधालयका प्रमुख हाेमनाथ सापकाेटा, शिवघाट आयुर्वेद औषधालयका प्रमुख प्रकाश आचार्य, देवघाट आयुर्वेद औषधालयका प्रमुख सुरज शर्मा, डालेटारआयुर्वेद औषधालयकी प्रमुख उमा आचार्यले प्रगति विबरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चिकित्सालयका प्रमुख डा.कोपिला अधिकारीले चालु आबमा बहिरंग चिकित्सा सेवा अन्तर्गत ३२ हजार ६७९ महिला र २७ हजार १५० पुरुष गरी ५९ हजार ८२९ जनालाई सेवा प्रदान गरिएको जानकारी दिइन्।
चिकित्सालयले यसै अवधिमा ४ हजार १६५ जनालाई योग सेवा, १८ हजार ६२ जनालाई पूर्वकर्म र पञ्चकर्म सेवा, ४ हजार ६४५ जनालाई जेष्ठ नागरिक सेवा प्रदान गरेको छ । यसैगरी एक हजार ९० महिलालाई स्तनपाई आमा तथा शिशु सेवा, ५ हजार २४० जनालाई नागरिक आरोग्य स्वाथ्स्य सेवा, ६ हजार २१० जनालाई प्रयोगशाला सेवा प्रदान गरेको डा. अधिकारीले जानकारी दिइन । उनले अनुसार ४ हजार ४७६ जनालाई अकुपञ्चर सेवा, ३ हजार ८९२ जनालाई फिजियोथेरापी सेवा र ६३ जनालाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको छ ।
चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ईच्छाकामना गाउँपालिकाका माडी नगरपालिकाका वडाध्यक्ष डण्डपाणि पाैडेल, वडाध्यक्ष नरबहादुर नेपाल,राप्ती नगरपालिका वडा नं ७ का कार्यबहाक वडाध्यक्ष ओमप्रसाद पुन, स्वास्थ्य कार्यालय चितवनका अधिकृत दीपा सुवेदी, कालिका वडा नं ७ कि वडा सदस्य सर्मिला अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सेवा निबृत्त बरिष्ठ कविराज निरीक्षक विष्णु आचार्य सहित चिकित्सालयका कर्मचारी र पत्रकारहरुलाई सम्मान गरिएकाे डा. देवेन्द्रकुमार यादवले जानकारी दिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

