Listen Live: 

कालिकामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण

Radio Chitwan
बुधबार, असार १३, २०८१

रत्ननगर, असार ११ । नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाको आयोजना तथा कालिका नगरपालिकाको सह आयोजनामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण अभिमुखीकरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका अध्यक्ष राजन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए । 

कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले जुटपानीको खतरा क्षेत्र भनेको बुङखोला, थाङखोला, सिन्तिखोला, खगेरी खोलाले डुबान गर्ने भएकाले वर्षातको समयमा कालिका वडा नं. १, २, ३, ४, ६ र ७ का १५ देखि १८ हजारलाई बढीले बिस्थापित गर्ने भएकाले त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुले वर्षातको समयमा विशेष चनाखो बन्नु पर्ने बताए । 

उनले भने, "विभिन्न झनझट तथा कानुनी जटिलताका बाबजुत बुङखोलाको पानीलाई थाङखोलामा व्यवस्थापन गर्ने प्रक्रिया अगाडी बढाईरहेका छौं । यस कामबाट पछि हट्दैनौं नगरबासीलाई बाढीबाट जोगाउन बुङखोलाको पानी, थाङखोलामा व्यवस्थापन गरिछाड्छौं ।"

यस क्षेत्रमा ठूल ठूला सालका रुखले घेरिएका क्षेत्रहरु भएकाले ती रुखहरुको व्यस्थापन गर्न नसकेको बताउदै कामहरु गर्दै जादा बिभिन्न किसिमका समस्या तथा आरोप प्रत्यारोप भोग्दै आईरहेकाछौं उनको भनाई छ । 

आगामी दिनहरुमा आईपर्ने जोखिम न्यूनीकरण, उद्धार कार्यमा नगरले सधै सहयोग र साथ दिने बताए । आपत विपत परेको बेलामा सभ्य र शालिन बन्नुपर्ने उनले सुझाव दिए । 

उपप्रमुख विमला तामाङले मनसुनको समय आउन लागेकोले सम्भावित बाढी, पहिरो, महामारी र आगलागी लगायतको प्रकोपको जोखिम रहेका क्षेत्रहरुको पहिचान गरी पूर्वतयारीका गतिविधिहरु संचालनका साथै प्रतिकार्यका लागि तयार रहन सकेमा विपद्को जोखिम न्यूनीकरण कम गर्न सकिने बताईन् । 

संचालित प्रशिक्षण अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाले मनसुनजन्य विपद्बाट वडा बासीलाई सुरक्षित राख्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् । 

कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सह महामन्त्री महेश्वर थपलिया र वन वातावरण तथा विपत व्यवस्थापन समितका शाखा प्रमुख प्रकाश चन्द्र पौडेलले गरेका थिए

नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिका वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, नेकपा एमाले कालिकाका अध्यक्ष केशव लामा, माओवादी केन्द्र कालिकाका अध्यक्ष सबिता लामा, नेपाली कांग्रेसका पार्टी प्रतिनिधि फडिन्द्र लामिछाने, रास्वपाका पार्टी प्रतिनिधि भोजराज थपलिया, विपत व्यवस्थापन कालिकाका नगर सभापति तथा नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका निवर्तमान सभापति लिला वहादुर गुरुङ लगाएतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा कालिका वडा नं. १ का वडा अध्यक्ष सन्तवीर स्याङदान, ५ का वडा अध्यक्ष दिपक वहादुर भट्टराई, ७ का वडा अध्यक्ष कमलराज मुक्तान, १० का वडा अध्यक्ष नरजंग प्रजा लगाएतको सहभागिता रहेको थियो । 

नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाकाकी उप सभापति मञ्जु सिंखडाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव गंगा प्रसाद सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram