Listen Live: 

भूमिहिन समुदायलाई भूमिपती बनाउने संघर्षको सार्थक रूपको सुरूवात भरतपुरबाट सुरू भएको छ : प्रचण्ड

Radio Chitwan
बुधबार, चैत्र २३, २०७८

चितवन, । बर्षौ देखी आफ्नो पार्टीले भूमिहिन समुदायलाई भूमिपती बनाउने संघर्षको सार्थक रूपको सुरूवात आज (बुधबार) चितवनको भरतपुरबाट सुरू भएको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र )का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । बुधवार भरतपुर महानगरपालिकाद्वारा आयोजित भरतपुर महानगरपालिका वडा न २ आँपटारी क्षेत्रका भूमिहिन दलित परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न आयोजित कार्यक्रममा ४६ घर भूमिहिन दलितहरूलाई पूर्जा वितरण गर्दै प्रचण्डले ३६ सालमा भूमिहिनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूवात गरेको बताए ।

भूमिप्राप्तिको राष्ट्रिय अभियानलाई दुत्र गतिमा अगाडी बढाएर सम्पूर्ण भूमिहिनहरूलाई भूमिपती बनाउँन सरकार र आयोगका पदाधिकारीहरूलाई आग्रह गरे ।भूमिहिनहरूले जग्गाधनिपूर्जा पाए संगै भूमिहिनहरूको पक्षमा संबिधानको कार्यान्वयन भएको बताउँदै यो सबैका लागि सुखद सूरूवात भएको समेत बताए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले प्रतिगामीहरूलाई परास्त गर्दै बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दिर्घकालिन रूपमा समाधान गर्न क्रियासिल रहेको समेत बताए । उनले आगामी निर्वाचनमा पनि गठबन्धनमै चुनाबमा जाने सहमति भैसकेको बताउँदै संबिधान र परिर्वतनलाई जोगाउन पनि स्थानिय ,संघ र प्रदेशको निर्वाचन गठबन्धनमै जानुपर्ने बताए ।
कार्यक्रममा भूमी ब्यवस्था गरिबि निवारण तथा सहकारी मन्त्री शसी श्रेष्ठले भूमिहिन सुकुम्वासी ,भूमिहिन दलित र अवेवस्थित बसोवासीहरूलाई जग्गा धनि प्रमाण पूर्जा प्रदान गर्दै यो भूमीमा प्राप्तिको अभियान निरन्तर अगाडी बढ्ने बताईन् । उनले भूमिहिन समुदायलाई लालपूर्जा वितरण गर्ने पबित्र अभियान रहेको बताउँदै यस कार्यलाई कुनैपनि निर्वाचन प्रक्रियाले नरोकिने समेत बताईन् ।

मन्त्री श्रेष्ठले असली भूमिहिनू नछुटुन् भन्नेमा सरकार र पार्टी प्रतिबद्द भएको भन्दै आयोगबाट भूमिहिनहरूलाई वितरण गरिएको जग्गा धनि पूर्जा पहिला चितवनबाट सुरू गरिएको समेत बताईन् ।
कोही भूमिहिन हरू नछुटुन् र कोही गैर भूमिपतीहरूले भूमिहिनको नाममा जग्गा नपाउन् भन्नेमा समेत आयोगका पदाधिकारी तथा कर्माचारिहरूलाई सजग गराईन् ।कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहिनहरूलाई भूमिपती बनाउँने अभियानको सुरूवात भरतपुरबाट सुरू भएको भन्दै आफूले ५ बर्ष अगाडी निर्वाचनका बेला गरेको बाचाको सूरूवात भएको बताईन ।

भरतपुर महानगरपालिका भित्र रहेका भूमिहिन दलित ,भूमिहिन सुकुम्वासी ,र अबेवस्थित बसोवासी गरी १० हजार ७ सय ७७ जनालाई पूर्जा दिएरै छोड्ने बताईन् ।हामिले भरतपुर महानगरपालिका भित्र निश्सा वितरणको काम सम्पन्न गरेका छौ जग्गा नापजॉचको काम भैरहेको छ तपाईहरू ढुक्कहुनुस् भूमिहिनलाई भूमिपती बनाईन्छ । दाहालले भनिन् ।
सो अवसरमा भरतपुर महानगरपालिका वडा २ आँपटारी देबकोटा चोकका भूमिहिन दलितहरूलाई पहिलो चरणमा जग्गाधनी पूर्जा प्राप्त गरेका छन् ।पूर्जा प्राप्त गरेका सुकुम्वासी वस्तिका ४६ घर परिवार सुकुमवासी बाट हुकुमबासीमा परिणत भएका हुन ।
जसिकला बिक ,गंगादेवी विश्वकर्मा ,पूर्णमा विक ,श्याम विक ,रन माया सुनार ,सन्त ब विक ,स्याम ब विश्वकर्मा ,सुकराम कामी,चेलिमायॉ विक , पाल ब विक ,दिल ब विक ,मायॉ नेपाली लगायत ४६ जनालाई प्रचण्डले जग्गाधनी पूर्जा वितरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय भूमी आयोगका अध्यक्ष केशब निरौला,उपाध्यक्ष नरेन्द्र खड्का,राष्ट्रिय भूमि आयोगका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना लगायतले भूमि आयोगले गरेका कामहरू तथा पूर्जा वितरण का बारेमा धारणा राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram