चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
सक्षम आमा समुहमा महिला सशक्तिकरणका लागि प्रशिक्षण
![](https://radiochitwanonline.com/wp-content/uploads/2022/03/radio-chitwan24x24.webp)
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० का महिलाहरुलाई महिला अधिकार, पहुँच तथा सशक्तिकरण सम्बन्धी प्रशिक्षण दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा सक्षम आमा समूहले आयोजना गरेको कार्यक्रममा ७५ जना महिलाहरुको सहभागिता रहेको थियो । महिलाहरुलाई कानुनी शिक्षा र सशक्तिकरण गर्ने उद्देश्यले आयोजित सो कार्यक्रम वडाध्यक्ष कलाधर पौडेलले उद्घाटन गरेका थिए । सो अबसरमा उनले विपन्न समुदायका महिलाहरुको आयआर्जन र सीप विकासमा केन्द्रीत हुन आमा समुहलाई आग्रह गरे । महिला अधिकार र सशक्तिकरणसंग अब उद्यमशिलता अगाडि बढाउनु पर्ने बेला आएको भन्दै वडाध्यक्ष पौडेलले सीप विकासका कुनै पनि कार्यक्रमका लागि वडा कार्यालयले आर्थिक सहयोग गर्ने बताए । सक्षम आमा समुहकी अध्यक्ष सम्झना लामिछानेले महिलाहरुलाई कानुनी शिक्षा प्रदान गर्न अधिबक्तालाई प्रशिक्षक राखेर कार्यक्रम आयोजना गरिएको बताइन् । मानवीय जीवनमा आउन सक्ने कानुनी अड्चनका बारेमा जानकारी गराएर महिलाहरुलाई अधिकारका विषयमा पहलकदमी गर्न सक्षम बनाउउने उद्देश्य रहेको उनको भनाई छ । समुहकी निर्वतमान अध्यक्ष विन्दु खड्काले आमा समुहले महिलाहरुको सशक्तिकरण, स्वास्थ्य सुरक्षा र आयआर्जनको क्षेत्रमा काम गरिरहेको बताइन् । कार्यक्रममा अधिबक्ता फुलमाया रानाभाट र प्रिङ्का थापाले महिला अधिकारको अबस्था, पहुँच र सशक्तिकरणका बारेमा सहजीकरण गरेका थिए । समुहकी सचिव विन्दु घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा संस्थापक अध्यक्ष पार्वती पौडेल स्वागत राखेकी थिइन् । समुहकी अध्यक्ष लामिछानेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । आमा समुहले बचतसंगै विपन्नको उपचारको लागि आर्थिक सहयोग, स्त्रीरोग सम्बन्धी शिविर, सचेतामा मुलक कार्यक्रम, क्यान्सर पीडित लाई सहयोग, महिला अधिकार र सशक्तिकरण लगायतका कार्यक्रम गर्दै आएको समुहकी कोषाध्यक्ष मीना श्रेष्ठले जानकारी दिइन ।
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]
चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]