कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना तथा रत्ननगर–५ को सहयोगमा गरिएकाे कार्यक्रममा १०३ जना विद्यार्थी सहभागी भएका थिए । झुवानी सामुदायिक पुस्तकालयको सहकार्यमा पहिलाे दिन बुधवार टाेल विकास संस्था र राजनीतिक दलका प्रतिनिधि र विहीबार विद्यार्थीलाई सचेतनामुलक प्रशिक्षण दिइएकाे हाे ।
समापन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईले मनोसामाजिक सचेतना कार्यक्रमहरू वडाका सबै जनसमुदायसम्म लैजान आवश्यक रहेकाले कार्यक्रमको आयोजना गरिएको बताए । उनले पछिल्लो समय मानिसहरू डिप्रेसनमा पर्ने, झैझगडा गर्ने , पारिवारिक कलहमा फस्ने गरेको र आत्महत्यासम्म पुग्ने गरेको बताउँदै यस प्रकारका कार्यक्रमले यस्ता घटनाहरु रोक्नमा सहयोग पुग्ने बताए । वडा नं ६ का वडाध्यक्ष किरण महताेले विद्यार्थी मार्फत समाजमा सकारात्मक साेचकाे विकासका लागि कार्यक्रम फलदायी भएकाे बताए । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री राममणि खनालले जिल्लाका सवै वडा तह सम्म पुगेर रेडक्रस चितवनले मनोसामाजिक सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । उनले मानिसहरूमा बढ्दै गएको मानसिक समस्याका बारेमा बुझ्न रेडक्रसले गरेको यो प्रयासले समुदायमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विद्यार्थीहरुलाई प्रशिक्षक रुद्र अधिकारी र सारदा शर्माले प्रशिक्षण दिएका थिए । उपशाखाका सभापति सुवास विडारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा झुवानी माविका प्रधानाध्यापक नवीनचन्द्र भट्टराई, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याल लगायतले मन्तव्य राखेका थिए । उपशाखा बछौलीका सचिव मनोज चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]