Listen Live: 

प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

Radio Chitwan
सोमवार, असार ४, २०८१

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे हाे । वडाध्यक्ष आशिक तामाङ सहितका जनप्रतिनिधिहरुकाे राेहबरमा हिसाब सार्वजनिक गरिएकाे हाे । प्रतियाेगितामा ८ लाख ७३ हजार ११३ आम्दानी भएकाेमा ८ लाख २४ रुपैया खर्च कटाएर ७३ हजार ८९ रूपैया नाफा भएकाे प्रतियाेगिताका संयाेजक भीमराज वाइवाले जानकारी दिए । प्रतियाेगिता गत बैशाख १५ देखि २६ गते सम्म भएकाे थियाे । १२ टिम सहभागी प्रतियाेगितामा प्यराडाइज युवा क्लवले उपाधि जितेकाे थियाे भने आयाेजक माधवपुर खेलकुल विकास समिति उपविजेता बनेकाे क्लवका अध्यक्ष गणेश तामाङले जानकारी दिए । माधवपुरबाट समग्र नगरकाे खेलकुलकाे विकासकाे लागि प्रथम गाेल्डकप आयाेजना गरिएकाे बताए । प्रथम गाेल्डकपबाट भएकाे मुनाफा रकम खेलमैदानकाे भाडा तिर्न खर्च गर्ने बताए । पत्रकार सम्मेलनका प्रमुख अतिथि वडाध्यक्ष तामाङले माधवपुर खेलकुदकाे हब बन्दै गइरहेकाे भन्दै प्रथम गाेल्डकपले खेलकुदकाे विकासकाे लागि दीर्धकालिन प्रभाव पारेकाे बताए । उनले आगामी दिनमा माधवपुरमा क्रिकेट, भलिबल लगायतका अन्य खेलहरु सञ्चालनकाे लागि वडा कार्यालयले सहयाेग गर्ने बचन दिए । वडा कार्यालयले खेलकुदकाे विकासकाे लागि व्यक्तिकाे जग्गा भाडामा लिएर खैलमैदान तयार गरिएकाे छ । बार्षिक १ लाख ६१ हजार तिर्ने गरि निजी जग्गा भाडामा लिइएकाे हाे ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram