Listen Live: 

बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

Radio Chitwan
सोमवार, असार ४, २०८१

काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो ।

बंगलादेशलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुईदुई विकेट हात पारे । बंगलादेशका दुई ब्याट्सम्यान रनआउट भए ।बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए ।

रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए । उनले दुई चौका प्रहार गरे । रिसाद होसेनले ७ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।

बंगलादेशका लागि जाकेर अलीले २६ बलमा १२ रन बनाए भने तास्किन अहमदले १२ र ओपनर लिट्टन दासले १० रन बनाए ।

सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेको खेलमा चार जना बलरले समान दुईदुई विकेट हात पारेका हुन् ।

४ ओभर बलिङ गर्दै सन्दीप लामिछानेले एक मेडेन राख्दै मात्र १७ रन खर्चिएर दुई विकेट लिएका हुन् ।

कप्तान रोहित पौडेलले ४ ओभर बलिङ गर्दै दुई विकेट हात पार्दा २० रन खर्चिए । दीपेन्द्र सिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै दुई विकेट लिँदा २२ रन खर्चिए।सोमपाल कामीले पहिलो बलमा विकेट लिँदै नेपालको आत्मबल बढाएका थिए । उनले ३ ओभर बलिङ गर्दै उनले १० रन दिएर २ विकेट लिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram