चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
कालिका वडा नं. ४ मा आजदेखि एकहप्ते मुढा बनाउने तालिम सुरु
कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले सीपको विकासले नागरिकहरु आत्मनिर्भर बन्नेहुँदा नगरपालिकाले सीपमूलक कार्यक्रमलाई प्राथमिकतादिँदै आएको बताउनुभयो । नगर सभाको तयारी भैरहेको जानकारी दिँदै नगर प्रमुख रेग्मीले नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यृक्रममा पनि यस्ताखालका सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।
महिला लक्षित बजेट, कृषि लक्षित बजेट ल्याउने तयारीमा नगरपालिका रहेको उहाँले जानकारी दिनुभयो ।
वडा नं. ४ को कार्यालय परिसरमा तालिम आयोजना गरिएको हो । गाउँघरमा सहजै पाइने बाँसबाट मुढा बनाएर आर्थिक लाभ लिन सकिने भएकाले स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठले जानकारी दिनुभयो ।
वडा सदस्य बाबुराम शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नगर उप प्रमुख विमला तामाङ, कार्यपालिका सदस्य ज्योती सुनार, नगरपालिकाका सामाजिक विकास अधिकृत समेत रहनुभएका सूचना अधिकारी प्रकाशचन्द्र पौडेल लगायत उपस्थित थिए । कार्यक्रम वडा नं। ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।
मुढा बनाउने तालिममा गैडाकोटकी सुस्मीता थापा र नन्दी थापाले सहजिकरण गरिरहनुभएको छ । तालिममा कालिका वडा नं. ४ का २२ जनाले तालिममा सहभागिता जनाएका छन् ।
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]
चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]