Listen Live: 

रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई

Radio Chitwan
शनिबार, असार २, २०८१

चितवन  : रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई गरेको छ ।  ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । 

नेपाल प्रहरीले सम्पादन गरिरहेका काम कारवाहीहरुको सम्बन्धमा सर्वसाधरण नागरिकलाई सुसुचित गराउने र स्थानीय स्तरबाट राय सुझाव लिई प्रहरी कार्यलाई जनउत्तरदायी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्ष (डिएसपी) डा.हेम के.सी  बताए ।

कार्यक्रममा रत्ननगर र कालिका नगरपालिकाका जनप्रतिनिधिहरु, व्यवसायी, स्थानिय सामाजिक अगुवाहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले नदिजन्य पदार्थको दोहनमा प्रहरीको मिलेमतो रहेको, चोरी, लागुऔषधजन्य पदार्थहरुको ओसारपसार र प्रयोग नियन्त्रण गर्न नसकेको, प्रहरीले जनप्रतिनिधिहरुलाई नचिनेको, तस्करसंग साँठगाँठ गरेको लगायतको प्रश्न उठाएका थिए ।

 कार्यक्रममा रत्ननगर र कालिका नगरका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा चितवन प्रहरीको ध्यानाकर्षण गराए ।

कार्यक्रममा  कालिकाका विकट क्षेत्रहरुमा प्रहरीको उपस्थिति शुन्य रहेको बताउँदै चोरी, तस्करी, गुण्डागर्दी, लागुपदार्थको ओसारपसार र सेवन अत्याधिक रहेकाले विशेष एक्सन लिन प्रहरीलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा रत्तननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले प्रहरीसँग हातेमालो गरेर नगर विकासमा जोड दिए । उनले समाज सुधार गर्न स्थानिय पनि सचेत र जिम्मेवार हुनुपर्ने बताए । 

कार्यक्रममा उठेका जिज्ञाशाहरुको जवाफ दिंदै चितवन प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) भावेश रिमालले समुदायकै अगुवाईमा समाजलाई शान्त र सुरक्षित बनाउन आफू सदैव तयार रहेको बताए । सार्वजनिक सुनुवाई कार्यक्रमल प्रहरी प्रशासनको गतिविधिलाई सुदृढ गर्ने र पारदर्शिता बढाउने विश्वास एसपी रिमालले जाहेर गरेका थिए । 

उनले रतननगर र कालिका नगर एरियामा सिसिटिभि राखिनुपर्ने स्थानहरुको पहिचान गरि सिसिटिभिको संख्यामा थप गरि निगरानी बढाइने  बताए ।  उनले जनतालाई सहज सेवा प्रवाह गर्नका लागि नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम गर्ने बताए । एसपी रिमालले नागरिकको गुनासो सुनेर सुधार गर्ने आश्वासन दिए । 

अपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागी चितवन प्रहरीले विशेष योजना बनाएर काम सुरु गरेको उल्लेख गर्दै रिमालले सिमित श्रोतसाधन र जनशक्ति अभावका कारण सोचेजस्तो प्रतिफल आउन नसकेको बताए ।  

शान्तिसुरक्षा स्थापनाको लागी प्रहरी मात्र नभएर, जनप्रतिनिधि र समुदायका हरेक तप्का सजक हुनुपर्ने उनको भनाई छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले सहजिकरण गरेका थिए ।  

नागरिक सुनुवाई कार्यक्रमले प्रहरी र नागरिकको सम्बन्ध राम्रो हुने भएकाले रत्ननगर टाँडी प्रहरीले प्रत्येक वडमा पुगेर नागरिक सुनुवाई कार्यक्रम मार्फत आएको गुनासो सहितको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने जनाएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram