Listen Live: 

रत्ननगरमा दलित सशक्तिकरण कार्यक्रम सम्बन्धी अन्तर्किया

Radio Chitwan
शुक्रबार, असार १, २०८१

रत्ननगर । रत्ननगर नगरपालिकामा शुक्रबार विपन्न दलित सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० बारे छलफल तथा अन्तर्किया कार्यक्रम गरिएकाे छ । उपमेयर यादव प्रसाद पाठककाे अध्यक्षतामा भएकाे कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य वडा सदस्यहरु सहभागी थिए । कार्यक्रममा दलित समुदायका कार्यपालिका सदस्य र वडा सदस्यहरुकाे सशक्तिकरण कार्यक्रम अन्तर्गत भाषणकला तालिम, दलित समुदायकाे आयआर्जनकाे लागि सीपमुलक कार्यक्रम गर्ने, व्यवसाय प्रवर्द्धनमा सहयाेग गर्ने, पशुपालनमा सहयाेग गर्ने निर्णय भएकाे महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् । कार्यपालिका सदस्य राजेन्द्र हमालले दलित समुदायबाट कार्यपालिका सदस्य बनेकाे र वडा सदस्यहरुले निर्धक्क भएर सामाजिक मुद्धाहरु उठाउन सक्ने गरि उनीहरुकाे नेतृत्व विकास आवश्यक रहेकाे बताए । उपमेयर यादवप्रसाद पाठकले प्रतिफल प्राप्त गर्ने गरि कार्यक्रम सञ्चालन गरिने भन्दै लक्षित समुदायले मात्र हिस्सेदार बन्ने बताए । दलित सशक्तिकरण कार्यक्रम सञ्चालनकाे लागि प्रदेश सरकारले कार्यविधि बनाएर स्थानीय सरकारलाई बजेट पठाएकाे छ । साे कार्यक्रम सञ्चालनकाे लागि रत्ननगर नगरपालिका पनि छनाैटमा परेकाे छ । उक्त कार्यक्रम पाँच बर्ष सम्म सञ्चालन हुने महिला विकास अधिकृत घिमिरेले जानकारी दिइन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram