Listen Live: 

रत्ननगर अस्पतालमा स्वास्थ्यमन्त्रीले भने ‘जग्गा खोज्नुस भवन बनाउन बजेट हाल्छु’

Radio Chitwan
शुक्रबार, असार १, २०८१

रत्ननगर । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप यादवले रत्ननगर अस्पतालमा भवन निर्माणको लागि बजेट हाल्ने बताएका छन् । सांसद हरि ढकाल सहित अस्पतालको निरीक्षणपछि आयोजित औपचारिक कार्यक्रममा मन्त्री यादवले स्थानीय सरकारले जग्गा उपलब्ध गराए अस्पतालको नयाँ भवन निर्माणको लागि बजेट पठाउने प्रतिबद्धता जनाए । उनले रत्ननगर अस्पतालको विकासको लागि रकमान्तर गरेर पूर्वाधार निर्माण र उपरकरण खरिदका लागि बजेट हाल्ने बताए । भवन अभावका कारण सेवा प्रभावित भएको पाए उनले भने स्थानीय सरकारले जग्गा उपलब्ध गराए, रकमान्तर गरेर बजेट पठाउछु । मन्त्री यादबले डाइलासिस मेसिन, एक्सरे मेसिन, डायलासिस मेसिन र मानसिक रोग विशेषज्ञ डाक्टर तत्काल व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । यो प्रदेश स्तरको अस्पताल हो उनले भने प्रदेश सरकारसंग सहकार्य गरेर काम अगाडि बढाउने छु । रत्ननगर अस्पतालले सिमित स्रोत साधनको प्रयोग गरेर नागरिकको उपचारको लागि असिमित काम गरेको आफुले पाएको भन्दै मन्त्री यादबले सरकारी सहयोगको प्रतिक्षामा रहेको अस्पतालको सपना आफुले पुरा गर्ने बचन दिए । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीसंग समन्वय गरेर अस्पतालको विकासको लागि पूर्वाधार निर्माण, उपकरण र दरबन्दी थप गर्ने बताए । देशैभरीका सरकारी अस्पतालमा डाक्टरहरुको दरबन्दी थप गर्ने आफ्नो पहिलो योजना रहेको भन्दै उनले त्यसको प्रक्रिया अगाडि बढेको बताए । कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले रत्ननगर अस्पतालको विकासका लागि सदनका माग गर्दा सरकारले नसुनेपछि मन्त्री ल्याएर समस्या देखाएको बताए । अस्पतालको विकासको लागि सादनमा धेरै पटक कराए उनले भने कहि सीप नलागेपछि मन्त्री बोकेर आएको हुँ । सरकारले पूर्वी चितवनलाई अपहेलना गरेको भन्दै सांसद ढकालले यस क्षेत्रको विकासका लागि लडिरहने बताए । नागरिकको गुनासोहरु आफुले सुनिरहेको भन्दै उनले केही बर्ष भित्र प्रतिफल देखापर्ने बताए । मन्त्री यादबको भनाई सुनिसकेपछि रत्ननगरका मेयर प्रलाद सापकोटाले स्थानीय सरकारले तत्काल जग्गा उपलब्ध गराउने भन्दै बजेट विनियोजन गरेर अस्पतालको भवन निर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह गरे । जग्गा उपलब्धताको लागि आइतबार मन्त्रालयमा पत्र पठाउछु उनले भने मन्त्रीज्यूले भवन निर्माणको प्रक्रिया अगाडि बढाउनुस । कार्यक्रममा अस्पतालका मेसु डा.मदन ज्ञावलीले अस्पतालले प्रदान गर्ने सेवा त्यसको प्रतिफल, समस्या र सामधानका उपाय सहितको प्रतिबेदन प्रस्तुत गरेका थिए । अस्पतालका जनस्वास्थ्य निरीक्षक रामचन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram